असार १५, २०७९
विभिन्न ठाउँमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । मंगलवार कैलालीको गोदावरीमा रोपाईं गर्न गएका एक जनाको चट्याङ लागेर मृत्यु भएको छ । यस्तै कञ्चनपुरको पुनर्बास ६ र ८ मा खेतमा काम गरिरहेका २ जनाको पनि ...
बुटवल | जेठ ३, २०७९
गुल्मीको मालिका गाउँपालिका गत निर्वाचनमा नेकपा एमालेका रितबहादुर थापा निर्वाचित भएका थिए । यसपटक दोहोरिएन उम्मेदवारी दिएका थापा पराजित भए ।
सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार देवीराम अर्यालले ६ हजार १७६ मतका साथ विजयी हुँदा थापा ४ हजार ६१७ मतमा खुम्चिए । उपाध्यक्षमा रनमाया पुनलाई पराजित गरी नेपाली कांग्रेसका उपेन्द्र अर्याल ६ हजार ३३४ मतका साथ विजयी भए ।
ईस्मा गाउँपालिकाको उपाध्यक्षमा एमालेले विमला खत्रीलाई दोहोर्याएर उम्मेदवार बनायो । एमाले सचिव गोकर्ण विष्टको गृह गाउँपालिकामा एमालेले जोगाउन सकेन । निवर्तमान उपाध्यक्ष विमलालाई पराजित गर्दै उपाध्यक्षमा कांग्रेसकी पार्वती कुँवर विजयी भइन् ।
अध्यक्षमा पनि कांग्रेसकै भगतसिंह खड्का ५ हजार ५८९ मतका साथ विजयी भए । एमालेले आफ्नो किल्ला बताउँदै आएको ईस्मा अहिले गठबन्धनको बलमा कांग्रेसले भत्कायो ।
गुल्मीकै सत्यवती गाउँपालिकामा कांग्रेसका निवर्तमान अध्यक्ष पारिश्वर ढकाल पराजित भए । ढकाललाई हराउँदै यसपटक एमालेका टीकाराम पाण्डे (भीमप्रसाद) ले ६ हजार २६७ मतका साथ विजयी भए । दोहोरिएर उम्मेदवार बनेका ढकालले ५ हजार ६११ मत मात्र ल्याउन सके ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाको उपाध्यक्षमा दोहोरिएर राधिका अर्याल एमालेबाट उम्मेदवार थिइन् तर यसपटक अर्यालले जीत निकाल्न सकिनन् । उनी कांग्रेसका विष्णुप्रसाद भण्डारीसँग पराजित भइन् । भण्डारी ५ हजार १६ मतका साथ विजयी हुँदा अर्यालले ३ हजार ३४७ मत मात्र ल्याइन् ।
गुल्मीकै कालीगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाकी तारा थापालाई पराजित गर्दै एमालेकी मन्जुकुमारी दर्लामीले बाजी मारिन् । थापालाई दर्लामीले १०० मतान्तरले हराइन् । थापाले ४ हजार ३८४ ल्याउँदा दर्मामीले ४ हजार ४८४ मत ल्याइन् ।
गाउँपालिका अध्यक्षमा कांग्रेसका बेदबहादुर थापा ४ हजार ८१० मतका साथ दोहोरिएन निर्वाचित भए । गुल्मीका १२ वटै पालिकाको अन्तिम मत परिणाम मंगलवार सार्वजनिक भएको छ । २ नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा अहिले गठबन्धनको बलमा नेपाली कांग्रेस पहिलो शक्ति बनेको छ ।
कांग्रेसले रेसुंगा नगरपालिका, मदाने, गुल्मी दरबार, कालीगण्डकी र ईस्मा गाउँपालिकामा जीत निकाल्यो । गत २०७४ सालको निर्वाचनमा एमालेले जितेका रेसुंगा, मदाने, ईस्मा यसपटक कांग्रेसले खोस्यो ।
रेसुंगा नगरपालिकामा कांग्रेसका जिल्ला सभापति समेत रहेका खिलध्वज पन्थी मेयर र उपमेयरमा पनि कांग्रेसकै अमृतादेवी कुँवरले जितिन् । मदानेमा कांग्रेसका महेन्द्र कुँवरले जीत निकाले भने उपाध्यक्षमा एमालेबाट सरिता खड्काले बाजी मारिन् ।
गुल्मी दरबारमा कांग्रेसकै अध्यक्ष सरोज थापा र तारा थापाले उपाध्यक्षमा जीत निकाले ।
नेकपा एमालेबाट मुसिकोट नगरपालिकाको मेयरमा जीवलाल खरेल र उपमेयरमा गंगा श्रेष्ठ निर्वाचित भए । छत्रकोटको अध्यक्षमा रामप्रसाद पाण्डे र उपाध्यक्षमा सावित्रा ज्ञवालीले जीत निकाले ।
छत्रकोट कांग्रेसको गढ मानिन्थ्यो । सत्यवती गाउँपालिकाको अध्यक्षमा टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया तरामुले जिते । २०७४ सालमा एउटा पालिका मात्र जितेको माओवादीले यसपटक ४ पालिकामा जीत निकालेको छ । धुर्कोट, मालिका, चन्द्रकोट र रुरु गाउँपालिकामा माओवादीले जीत निकालेको छ ।
गुल्मीको रूरूक्षेत्र गाउँपालिका नेकपा एमालेको प्रभाव क्षेत्र मानिन्थ्यो, जुन एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको पालिका हो । यसपटक रुरुमा माओवादीले जीत निकाल्यो ।
गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीले एमालेको तर्फबाट उम्मेदवार हिमाल श्रेष्ठलाई पराजित गरे । सचिव गोकर्ण विष्टले ३ दशकदेखि वर्चश्व कायम राखेको ईस्मा एमालेले गुमाएको छ । गाउँपालिका प्रमुखमा कांग्रेसका भगतसिंह खड्काले एमालेका हिरा एसीलाई १२५ मतान्तरले पराजित गरेका छन् ।
कांग्रेस नेता डा. चन्द्र भण्डारीको गृह पालिका छत्रकोट गाउँपालिकालाई यसपटक एमालेले खोस्यो । एमालेका रामप्रसाद पाण्डेय अध्यक्षमा विजयी भए ।
उपाध्यक्षमा एमालेकी सावित्रा ज्ञवाली विजयी भइन् । शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको पालिका मदाने हो । मदानेमा समाजवादीका कुनै उम्मेदवार थिएनन् । समाजवादीले धुर्कोट र मुसिकोटमा उपाध्यक्ष/उपप्रमुख पाएको थियो तर धुर्कोटको उपाध्यक्षमा चन्द्र सुनार २ हजार ५०० बढी र मुसिकोटको उपप्रमुखमा श्रीराम महत पराजित भएका छन् ।
विभिन्न ठाउँमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । मंगलवार कैलालीको गोदावरीमा रोपाईं गर्न गएका एक जनाको चट्याङ लागेर मृत्यु भएको छ । यस्तै कञ्चनपुरको पुनर्बास ६ र ८ मा खेतमा काम गरिरहेका २ जनाको पनि ...
प्रधानमन्त्री शेरबहादुर देउवाले धानको उत्पादन वृद्धि गर्न सरकारले विभिन्न नीति तथा योजनाहरू कार्यान्वयनमा ल्याएको बताएका छन् । बुधवार धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सिँ...
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन् । उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै उनले स...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर आएका छौँ– बहुचर्चित बूढीगण्डकी जलाशयुक्त जलविद्युत आयोजना स...
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । प्रेमी भनिएका व्यक्तिको घरमा पुगेर लफडा गरेको भन्दै विवादमा तानिएकी ओलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी...
बुधवार बिहान मुलुकका धेरै ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो ३ घण्टा काठमाडौंमा ठूलो वर्षा भएको छ । यस्तै कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्ुठान, दाङ, बाँके, कञ्...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...