
बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले फजुल खर्च कटौतीलाई प्राथमिकता दिने बताएका छन् ।
प्रतिनिधि सभा संसदमा बजेट अधिवेशन शुरु भएसँगै एमालेले ९ महिनादेखि गरिरहेको संसद अवरोध पनि हटाएको छ ।
मंगलवारबाट शुरु भएको बजेट अधिवेशनमा अर्थमन्त्री जनार्दन शर्माले बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता कस्तो हुने र कस्ता कार्यक्रम समावेश गरिनेछ भन्ने सहितका विषयमा अर्थमन्त्री शर्माले संसदमा बजेटका प्राथमिकता क्षेत्रसहितका विषय पेश गरेका छन् ।
सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदैछ ।
संसदको संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।