१९ असार २०८३, शुक्रबार

हुम्लाको चङ्खेली गाउँपालिका–२ मा बुधबार पुनः मतदान हुँदै

हुम्लाको चङ्खेली गाउँपालिका–२ मा बुधबार पुनः मतदान हुँदै

हुम्लाको दक्षिण भेगमा रहेको चङ्खेली गाउँपालिका–२ को महादेव माविको मतदान केन्द्रमा बुधबार पुनः मतदान हुने भएको छ । गत शुक्रबार स्थगित भएको निर्वाचन बुधबार हुने मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए। 

    वैशाख ३० गते आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको भन्दै उजुरी परेपछि आयोगले उक्त मतदान केन्द्रमा पुनः मतदान गराउन लागेको पौडेलले बताए । बुधबार ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । 

    मतदानका लागि कर्मचारी र मतपत्र पठाइसकेको जानकारी प्राप्त भएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । उक्त मतदान केन्द्रमा ९०३ मतदाता रहेकामा ३९० मत मात्रै खसेको थियो । गत शुक्रबार गठबन्ध र स्वतन्त्र उम्मेदवारका दुई पक्षबीच मतदानका क्रममा झडप भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्