
भरतपुर महानगरपालिकामा जारी मतगणना सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।
बुधवार बिहान २६ हजार २६ मतगणना हुँदासम्म दाहालले १ हजार ३४४ मतको अग्रता लिएकी छन् ।
रेनुले ९ हजार ३६३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १९१ मत पाएका छन् ।
उपमेयरमा चित्रसेन अधिकारीले ११ हजार १३६ र हिमला गुरुङले ६ हजार ५३५ मत पाएका छन् ।