२२ असार २०८३, सोमबार

झिनो मतान्तरले पराजित भएपछि रजनीले भनिन्– मन जिते, मत जित्न सकिन

झिनो मतान्तरले पराजित भएपछि रजनीले भनिन्– मन जिते, मत जित्न सकिन

काठमाडौंको टोखा नगपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी विजयी भएका छन् ।

तीव्र प्रतिश्पर्धात्मक प्रतिष्पर्धामा कांग्रेसकी रजनी थापालाई १ सय ७४ मतान्तरले पराजित गर्दै अधिकारी विजयी भए । अधिकारीले १० हजार ३ सय ४४ मत प्राप्त गर्दा कांग्रेसकी रजनीले १० हजार १ सय ६६ मत प्राप्त गरिन । 

निवर्तमान मेयर अधिकारीसँग पराजित भएपछि रजनीले मत जित्न नसकेपनि मत जितेको बताएकी छिन् ।

'मन त सबैको जिते तर केही मत जित्न अझै बाकी रहेछ । यस चुनावी माहोल र चुनाव पुर्व मलाई साथ सहयोग गर्नुहुने सम्पुर्ण टोखा नगरवासी, मेरो परिवार, इस्ट मित्र लगायत सम्पुर्ण नेपाली काङ्ग्रेस परिवारलाई हार्दिक आभार प्रकट गर्दछु' चुनावमा पराजित भएपछि उनले ट्वीटरमा लेखेकी छिन् ।

काठमाडौंमा नगरपालिकामा कांग्रेसबाट टिकट पाएकी उनी कान्छी उम्मेदवार थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्