
भरतपुर महानगरपालिकामा जारी मतगणना सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।
बुधवार बिहान २७ हजार २६ मतगणना हुँदासम्म दाहालले १६१७ मतको अग्रता लिएकी छन् ।
रेनुले ९८०१ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८१८४ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४४३९ मत पाएका छन् ।