१४ असार २०८३, आइतबार

सगरमाथामा रोयल इनफिल्डको झण्डा फहराइयो, गुफीले गरे सफल आरोहण

सगरमाथामा रोयल इनफिल्डको झण्डा फहराइयो, गुफीले गरे सफल आरोहण

नेपालका एक मात्र रोयल इनफिल्डका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठ 'गुफी'ले सगरमाथा सफल आरोहण गरेका छन् । उनले जेठ १ गते बिहान ७-८ बजेतिर सगरमाथाको सफल आरोहण गरेका हुन् । 

उनले आरोहण ११ अप्रिलमा शुरू गरेका थिए । उनले १० जना विभिन्न मुलुकका पदयात्रीसँगै आरोहण पूरा गरेका हुन् । 

सगरमाथा आरोहण '८८४८ बालिकालाई बालविवाहविरुद्ध शिक्ष' अभियानलाई सफल बनाउन अल्फा अटोमोटिभ प्रा.लि.ले त्रिवेणी ग्रुपको कार्यालयमा अप्रिल ९ मा एक कार्यक्रम आयोजना गर्दै कम्पनीका निर्देशक हर्ष संघाइले शुभकामनाका साथै रोयल इनफिल्डको झण्डा पनि प्रदान गरेका थिए । 

प्रमोद श्रेष्ठ 'गुफी'ले सगरमाथाको चुचुरोमा रोयल इनफिल्डको झण्डा सफलतापूर्वक पुर्‍याई फहराए ।

'बिश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ प्रा. लि. ले नेपालभर बिक्री अनुमति पाएको हो  l कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार कार्य शुरू गरिरहेको छ,' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्