०७ असार २०८३, आइतबार

हेटौंडा उपमहानगरः नेकपा एसकी लामा ८३४ मतले अघि

हेटौंडा उपमहानगरः नेकपा एसकी लामा ८३४ मतले अघि

हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरूको मतगणना चलिरहेको छ । मतगणनाको क्रममा गठबन्धनका उम्मेदवार अगाडि छन् ।

यो समाचार तयार पार्दासम्म ३७ हजार ९९४ मतगणना सकिएको छ । यसमा सबैभन्दा बढी मत गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामाले ११ हजार ८७९ मत प्राप्त गरेकी छन् । 

यसैगरी उनलाई पछ्याउँदै राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ११ हजार ४५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अनन्त पौडेलले १० हजार ७४४ मत प्राप्त गरेका छन् । 

हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका राजेश बानियाँले १६ हजार ९६७ मत प्राप्त गरेका छन् ।

एमालेकी सुमित्रा काफ्लेले ११ हजार ८९५ मत प्राप्त गरेकी छन् ।

यसै गरी राप्रपाकी इन्दिरा न्यौपाने डल्लाकोटीले २ हजार ७७८ मत प्राप्त गरेकी छन् ।

कमेन्ट गर्नुहोस्