०८ साउन २०८३, शुक्रबार

मरिउपोलको आजोभस्टालमा रहेका ६९४ युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसको दाबी

मरिउपोलको आजोभस्टालमा रहेका ६९४ युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसको दाबी

रुसको रक्षा मन्त्रालयले मरिउपोलको आजोभस्टाल स्टील कारखानामा लुकेका ६९४ युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेको बुधवार जानकारी दिएको छ । 

यो एक दिनको आँकडा हो । अहिलेसम्म सबै गरी ९५९ सैनिकहरूले आत्मसमर्पण गरिसकेको रुसको भनाइ छ । 

तीमध्ये ८० जना घाइते छन् । घाइतेमध्ये पनि ५१ जनालाई अस्पतालमा उपचार गराउनुपर्ने अवस्था छ । उनीहरूलाई नोभोआजोव्स्क अस्पतालमा भर्ना गरिएको छ । 

आत्मसमर्पण गरेका सैनिकहरूलाई युद्धबन्दी साटासाट अन्तर्गत युक्रेनलाई बुझाउन जेलेन्स्की सरकारले आह्वान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्