
रुपन्देहीको भैरहवामा बुधवार विजय जुलुसमा हिँडेको गाडी दुर्घटना भएको छ ।
दुर्घटनामा १७ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर छ ।
नेकपा एमाले सिद्धार्थनगर नगरपालिका–१० को लु १ ख ८०७९ नम्बरको मिनी ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।
पौडेलले चालकले तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भएको बताए । गाडी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा परेको हो ।
घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सिद्धार्थनगर–१० बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार १ मत ल्याएर विजयी बनेका छन् ।