
चीनको टेलिकम सेवाप्रदायकले क्वान्टम प्रविधि जडान गरिएको स्मार्टफोन बनाएको छ ।
चाइना टेलिकमले बनाएको थ्यानयी नामक उक्त स्मार्टफोनमा भएको प्रविधिले प्रयोगकर्ताको च्याटलाई ह्याक गर्न नसकिने गरी सुरक्षित बनाउने कम्पनीको दाबी छ ।
त्यसमा क्वान्टमले सुरक्षित पारेको एनक्रिप्सन मोड्युल र पर्पस बिल्ट सिम कार्ड रहेको चीनको सरकारी सञ्चारमाध्यम पिपुल्स डेलीले खबर दिएको छ ।
अमेरिकाले नेसनल सिक्योरिटी एजेन्सीमार्फत संसारभरिका स्मार्टफोन ह्याक गरेर गुप्तचरी गरिरहेको सन्दर्भमा चीनको यो सुरक्षित स्मार्टफोनले प्रयोगकर्ताहरूलाई ढुक्क बनाउन सक्ने विश्वास गरिएको छ ।