०५ साउन २०८३, मंगलबार

चुनावी नतिजाबारे वर्षमान पुन- धेरैले माओवादीलाई हेप्थे, निर्णायक शक्ति बनेर देखाइदियौँ

चुनावी नतिजाबारे वर्षमान पुन- धेरैले माओवादीलाई हेप्थे, निर्णायक शक्ति बनेर देखाइदियौँ
फाइल तस्वीर।

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मतपरिणाम उत्साहजनक रहेको बताएका छन् । 

बुधवार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उनले निर्वाचनको प्रारम्भिक मतपरिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताएका हुन् । 

‘धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे, हाम्रो एजेण्डा देशमा स्थापित छ, त्यो एजेण्डा जनताले रुचाए भन्ने पुष्टि भएको छ,’ उनले भने, ‘अपेक्षा योभन्दा अझ राम्रो थियो । तर हाम्रो कतिपय ठाउँमा उम्मेदवारहरू मिलाउने, आन्तरिक मतभेदहरू मिलाउनेमा हामी सकेनौँ । नत्र यो भन्दा राम्रो हुन्थ्यो ।’

नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको पनि बताए । केही ठाउँमा माओवादीलाई मत नहालिएको भए पनि धेरै ठाउँमा गठबन्धन सफल भएको उनको भनाइ छ । 

‘यस अर्थमा गठबन्धनको औचित्य अझै पनि छ, हामी यो गठबन्धनलाई अगाडि लैजान्छौँ,’ उनले भने, ‘केन्द्र, प्रदेशमा पनि जान्छ गठबन्धन ।’

उनले पार्टीको जीत वा हारको कारण गठबन्धनलाई मात्रै मान्न नसकिने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्