२३ जेठ २०८३, शनिबार

भरतपुर अपडेटः रेनुले थपिन् मत, विजय सुवेदी निकै पछि परे

भरतपुर अपडेटः रेनुले थपिन् मत, विजय सुवेदी निकै पछि परे

भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले अग्रतालाई कायम राखेकी छन् । उनले अग्रता बनाइरहँदा पछिपछि रहेका एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी २२६७ मतले पछि परेका छन् । 

बुधबारको अध्यावधिक विवरण अनुसार ३२२९३  मतगणना हुँदा दाहालले ११९६६ मत पाएकी छन् भने सुवेदीले ९६९९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५२३५ मत पाएका छन्।  

यसैगरी उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १४१६६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ७८७० मत पाएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्