वीरगञ्ज महानगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले अग्रता कायम गरेका छन् ।
पछिल्लो अपडेटअनुसार, जसपाका सिंहले १४ हजार २६८ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सरावगीले ७ हजार २४४ मत प्राप्त गरेका छन् ।