
कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत परिमाण सार्वजनिक भएको छ ।
गोदावरी नगरपालिकामा बहुमत वडासहित नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्ट निर्वाचित भएकी छन् । नगरप्रमुखमा कांग्रेसका भट्ट १५ हजार ५०१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत प्राप्त गरे।
उपप्रमुखमा एमालेकी शारदादेवी रोकाया विजयी भइन् । उनले १० हजार ६७० मत ल्याइन् । एकीकृत समाजवादीकी रत्ना कडायतले नौ हजार ९८३ मत प्राप्त गरे।
बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कर्णबहादुर कुँवरले पाँच हजार ८४२ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर कठरियाले चार हजार १८६ मत प्राप्त गरे। उपाध्यक्षमा माओवादी केन्द्रका गणेशराज गिरीले चार हजार ५६९ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेकी इन्दुकुमारी चौधरीले चार हजार २५५ मत प्राप्त गरे।
चुरे गाउँपालिका अध्यक्षमा एमालेका चक्र बोगटी तीन हजार ३०५ मत ल्याएर विजयी भए । उपाध्यक्षमा नेपाली कांग्रेसकी धनदेवी थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुँदा उपाध्यक्षमा एमालेकी दीपा देवी साउदले तीन हजार १२१ मत प्राप्त गरिन् ।