०१ असार २०८३, सोमबार

कुलमानको समर्थनमा सडकमा उत्रेका समर्थक प्रहरी नियन्त्रणमा

कात्तिक २०, २०७४
कुलमानको समर्थनमा सडकमा उत्रेका समर्थक प्रहरी नियन्त्रणमा
काठमाडौं १९ पुस - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कामगर्न दिनुपर्ने मागगर्दै सडकमा ओर्लेका समर्थकलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।


प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरूद्ध उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले अदालतको अन्तरकालीन आदेश खारेज हुनुपर्ने तथा प्राधिकरण प्रमुख घिसिङलाई काम गर्ने वातावरण दिनुपर्ने माग गरेका थिए । सञ्चालकलाई हटाउने निर्णयको बिषयमा छलफल गर्न अदालतले मंगलवार तिनजनालाई बोलाएको थियो ।

‘उज्यालो अभियान’ को नाममा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले ‘कुलमानलाई काम गर्न देऊ’ भन्दै घिसिङको समर्थनमा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

बाटो अवरोध गर्न खोजेपछि ३७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी प्रद्युम्न कार्कीले बताए । पक्राउ परेकाहरुलाई नेपाल पुलिसक्लब भृकुटीमण्डप, महानगरीय प्रहरी बृत्त वानेश्वर र सिंहदरबारमा राखिएको छ ।

केही समय अघि कुलमानको समर्थनमा निस्किएको -याली । : लोकान्तर फाइल तस्वीर

salt training

कमेन्ट गर्नुहोस्