
तनहुँको व्यास नगरपालिकामा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार जोशीले २२९५ मत पाएका छन् । निकटतम कांग्रेसका वैकुण्ठ न्यौपानेले १६३६ मत ल्याएका छन् ।
वैशाख ३० गते निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो ।
कांग्रेस नेता गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकराजलाई नेकपा एमालेले समर्थन गरेको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका केही पालिकामा एमाले र गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल भएको थियो ।
वैशाख ३० गते भएको झडपमा कांग्रेस कार्यकर्ताको आक्रमणबाट घाइते जोशीको काठमाडौंमा उपचार भइरहेको छ । मतगणना चलिरहँदा जोशी भने अस्पतालमा छन् ।
यस्तै उपप्रमुखमा कांग्रेसकी इन्दिरा दरै १९०१ मतका साथ अग्रस्थानमा छिन् । निकटतम प्रतिस्पर्धी एमालेकी बसुन्धरा घर्तीले १८११ मत ल्याएकी छन् ।