०५ साउन २०८३, मंगलबार

मायादेवीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा लोसपा विजयी

मायादेवीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा लोसपा विजयी

रूपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की नर्वदादेवी उपाध्याय विजयी भएका छन् ।

अध्यक्षमा चौधरी ५ हजार ३८६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार राम अधारे अहिरले ४ हजार ९८८ मत प्राप्त गरेका थिए । 

अध्यक्ष पदमा विजयी चौधरी २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसै गरी उपाध्यक्षमा उपाध्याय ४ हजार ९४२ मत प्राप्त गरी विजयी भइन् । 

उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारादेवी यादवले ४ हजार ८८९ मत प्राप्त गरेकी छन् । 

तारादेवी २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्