२० असार २०८३, शनिबार

बजेटमा कार्यक्रमको खाँचो छैन, कार्यान्वयनमा समस्या छ -अर्थमन्त्री शर्मा

बजेटमा कार्यक्रमको खाँचो छैन, कार्यान्वयनमा समस्या छ -अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा कार्यक्रमको खाँचो नभएको तर त्यसको कार्यान्वयन नहुनु चाहिँ मुख्य समस्या भएको बताएका छन् ।

राष्ट्रिय सभाको पूर्व बजेट छलफललाई सम्बोधन गर्दैै अर्थमन्त्री शर्माले बजेटमा कार्यक्रम प्रशस्त आउने तर त्यसको कार्यान्वयन पक्ष कमजोर हुँदा परिणाम नआएको बताएका छन् ।

बजेट खर्च नहुनुमा संरचनागत र कानूनी समस्या भएको पनि उनले बताए । सरकारले गर्ने लगानीबाट प्रतिफल नआउनु भएको बजेट कार्यान्वय हुनुपर्ने स्थानीय तहबाट भएपनि माग चाहिँ केन्द्रमै आउनु पनि भएकाे अर्थमन्त्री शर्माको भनाइ छ ।

उनले भने ‘पैसा पठाउनुपर्ने स्थानीय तहलाई हुन्छ कार्यक्रम केन्द्रमा हुने गरेकोले पनि व्यवस्थापन मिलाउन चुनौती भएको छ ।’ स्थानीय तह तथा प्रदेशलाई शसक्त बनाउनुपर्ने आवश्यकता भएपनि प्रणालीगत र संरचनागत सुधार पहिलो आवश्यकता भएको पनि उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्