×

NMB BANK
NIC ASIA

तत्काल मन्त्रिपरिषदमा हेरफेरको सम्भावना छैन : वर्षमान पुन

जेठ ५, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले तत्काल मन्त्रिपरिषदमा हेरफेरको सम्भावना नरहेको स्पष्ट गरेका छन् । स्थानीय निर्वाचनअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीले आफ्ना दलका केही मन्त्री हेरफेर गर्न चाहेको तर, अहिले त्यसबारे गठबन्धनमा कुनै छलफल नभएको उनको भनाइ थियो । 

Muktinath Bank

राष्ट्रिय अर्थतन्त्रमा उत्पन्न संकटका लागि अर्थमन्त्री जनार्दन शर्मालाई मात्र जिम्मेवार ठह¥याइनु जायज नभएको पनि एक कार्यक्रममा उनले बताए  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वअर्थमन्त्री समेत रहेका पुनले अहिले विश्वव्यापी रुपमै अर्थतन्त्रमा  संकट उत्पन्न भएको र त्यसको मुल कारण कोभिड–१९ महामारी रहेको औंल्याए ।  ‘कोभिडका कारण उब्जिएको अर्थतन्त्रको समस्या विश्वव्यापी हो’, पुनले भने, ‘दोष अर्थमन्त्रीको टाउकोमा मात्र थोपरेर हुँदैन ।’


Advertisment
Nabil box
Kumari

अर्थतन्त्र सुधारका लागि पनि अर्थमन्त्री एक्लैको प्रयास सार्थक नहुने भन्दै पुनले प्रधानमन्त्रीको अग्रसरता हुनुपर्नेमा जोड दिए । बिप्रेषण आप्रवाहमा सुधार आएको र पुँजीगत खर्च बढेकाले अर्थतन्त्र क्रमशः चलायमान हुने दिशामा रहेको पुनले उल्लेख गरे । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्ती प्रकरणमा असन्तुष्टि सार्वजनिक गरेको विषयमा सोधिएको प्रश्नमा पुनले सर्वोच्च अदालतको फैसलाले अधिकारीको पुनर्बहाली भइसकेकाले उक्त सन्दर्भ पुरानो भएको बताए ।

Vianet communication

सञ्चार माध्यमले धारणा जान्न चाहेपछि पूर्वअर्थमन्त्रीका हैसियतमा आफूले उक्त विषय सान्दर्भिक नभएको हो कि भन्ने प्रतिक्रिया दिएको उनको भनाइ थियो । तर, गभर्नर बर्खास्तीमा अर्थमन्त्रीलाई मात्र दोषारोपण गर्न नहुने भन्दै प्रधानमन्त्रीले त्यसको मुख्य जिम्मेवारी लिनुपर्ने तर्क उनले गरे । अहिले अर्थमन्त्री र गभर्नरबीच समन्वय भइरहेको आफूले पाएको भन्दै पुनले आगामी दिनमा त्यसको असर नपर्ने विश्वास व्यक्त गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x