२६ जेठ २०८३, मंगलबार

उर्लाबारीमा एमालेले कांग्रेसबाट खोस्यो मेयर

उर्लाबारीमा एमालेले कांग्रेसबाट खोस्यो मेयर

मोरङको उर्लाबारी नगरपालिकामा एमालेले जित हासिल गरेको छ । 

एमालेका गंगाप्रसाद खरेलले १२ हजार १५६ मत ल्याएर विजयी बनेका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्गबहादुर फागोले भने १० हजार २९० मत ल्याएका छन् । फागो उर्लाबारीको निवर्तमान मेयरसमेत हुन् ।

उपमेयरमा एमालेकै मिनाकुमारी खतिवडा विजयी भएकी छन् । उनले १० हजार ७०२ मत ल्याएर विजयी भएकी हुन् । कांग्रेसकी सीता कार्कीले भने १० हजार ६४० मत प्राप्त गरेकी

थिइन् । 

गत चुनावमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका थिए। 

९ वटा वडा रहेको उर्लाबारी बहुमत वडाध्यक्षसमेत एमालेले जितेको छ । १, ३, ५, ७, ८ नम्बर वडा एमालेका उम्मेदवारले जित्दा २, ४, ६ र ९ नम्बर वडामा अध्यक्ष भने कांग्रेसले

जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्