३० जेठ २०८३, शनिबार

काठमाडौंमा ७१ हजार २०९ मत गणना : कसको कति मत ?

काठमाडौंमा ७१ हजार २०९ मत गणना : कसको कति मत ?

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ ।

शुक्रवार बिहानसम्म ७१ हजार २०९ मत गणना हुँदा साहले १२ हजार २१५ मतको अग्रता कायम गरेका छन् ।

ताजा मत परिणाम अनुसार साहले २६ हजार ६०१ मत पाएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले १४ हजार ३८६ मत पाएका छन् ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १३ हजार ४०१ मत पाएकी छन् । 

यसैगरी उपमेयरमा सुनिता डंगोलले अग्रतालाई कायमै राखेकी छन् । सुनिताले २६ हजार ५७५ मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्