असार १५, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने बताएका छन् । मूल नेतृत्व (केपी ओली) प्रतिगमनकारी भए पनि त्यहाँभित्र ठूलो तप्का इमान्...
लामो समय नेपाली कांग्रेसको राजनीति गरेका गयाप्रसाद बरईले यो पटक पार्टीबाट टिकट ल्याएर चुनाव लड्ने तयारी थिए । जब स्थानीय तहको निर्वाचन मुखैमा आयो, कांग्रेसले उनलाई पत्याएन ।
पार्टीले उनलाई टिकट नदिएर ज्ञानप्रकाश मिश्रलाई दियो । बरईले टिकटका लागि पटक–पटक पुनर्विचार गर्न आग्रह गर्दा पनि पार्टीले कुनै सुनुवाइ गरेन ।
रूपन्देहीको दक्षिणी मधेश बाहुल क्षेत्र हो, मर्चवारी गाउँपालिका । यहाँका गाउँवासीले उनलाई जनप्रतिनिधि भएर सेवक बनेको देख्न चाहन्थे ।
जनताको चाहना र आफ्ना इच्छालाई उनले मर्न दिएनन् । कांग्रेस छाडेर उनी हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीमा प्रवेश गरेर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिए ।
जनताको सुख दुःखमा रमाउँदै आएका बरईले दुई साता चुनाव प्रचारमा खटिएर आफ्नो पुरानो पार्टीका उम्मेदवारलाई पराजित गरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्् ।
बरईले कांग्रेसका उम्मेदवार ज्ञानप्रकाश मिश्रालाई एक हजार १४० मतान्तरले पराजित गरे । बरईले ४ हजार ३८५ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी मिश्राले ३ हजार २४५ मत प्राप्त गरे ।
मर्चवारी नै जनता प्रगतिशीलले जितेको रुपन्देहीको एक मात्र पालिका हो । जनता प्रगतिशीललाई यो सफलता दिलाउने ४५ वर्षीय गया समाजसेवामा पनि सक्रिय थिए ।
उनको चुनाव चिह्न काँधमा कोदालो बोकेको किसान हो । बरईसँगै गाउँपालिका उपाध्यक्षमा पनि जनता प्रगतिशील पार्टीकै उम्मेदवार आशा सिंह विजयी भएकी छन् ।
कांग्रेस उम्मेदवार सुमन यादवलाई ५५६ अन्तरले पराजित गर्दै उनी विजयी भएकी हुन् ।
सिंहले २ हजार ९६५ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार यादवले २ हजार ४०९ मत प्राप्त गरिन् ।
त्यस्तै मर्चवारी गाउँपालिका वडा नम्बर ५ मा पनि जनता प्रगतिशील पार्टीका उम्मेदवार कुष्णकुमार सिंह ५४४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भए । बरईले गाउँपालिकाको विकासका लागि आफू लागिपर्ने बताए । उनले जनताको अमूल्य मतबाट आफू निर्वाचित भएकाले जनताको पक्षमा काम गर्ने बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने बताएका छन् । मूल नेतृत्व (केपी ओली) प्रतिगमनकारी भए पनि त्यहाँभित्र ठूलो तप्का इमान्...
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेश सभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सभा अनि...
सरकारले दिँदै आएको तक्मामा प्रयोग हुने सुन र आकारमा हेरफेर गर्ने भएको छ । गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको मात्रा घटाएर तक्माहरूको आकारमा फेरबदल गर्ने मन्त्रिपरिषदले निर्णय गरेको ह...
गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन् । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा सहभागी विपदमा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई निर्देशन दिँदै सर...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेको छ । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा ...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर गएका मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको क्रान्तिको प्रयासलाई आफूले सम्मान गर्ने बताएका छन् । वैद्य र विप्लवले गरेको ...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...