
भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले साढे ५ हजारभन्दा बढीको मतान्तर कायमै राखेकी छन् ।
७६ हजार ९५ मतगणना हुँदासम्म दाहालले ५ हजार ७३३ मतको अग्रता लिएकी हुन् ।
रेनुले २९ हजार ४७८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ७४५ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ३३४ मत पाएका छन् ।