असार १५, २०७९
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेश सभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सभा अनि...
काठमाडाैं | जेठ ७, २०७९
काठमाडौं महानगरपालिकामा भित्रि नेवारी बस्ति भनेर चिनिएका वडाको मतगणना हुँदा पनि एमाले र कांग्रेसका उम्मेदवारले आशा गरेजति मत पाउन सकेनन् ।
काठमाडौंको ‘कोर एरिया’ भनेर चिनिने रैथाने नेवार वस्तीको मतको आधारमा काठमाडौंको मेयरको निर्णायक नतिजा आउने विश्लेषण हुने गरेको थियो । ती क्षेत्रको मतदाताले काठमाडौं बाहिरको उम्मेदवारलाई नरुचाउने तर्क सहित रैथाने उम्मेदवार नै हुँदा दलहरुलाई नतिजा निकाल्न सजिलो हुने भाष्य स्थापित थियो । तर, यस पटकको निर्वाचनमा त्यस्तो भाष्य खण्डित भएको छ ।
बैशाख ३० गते सम्पन्न स्थानीयत तह निर्वाचनको अर्को दिनदेखि शुरु भएको मतगणना मध्यान्तरमा पुगेको छ । १ लाख ९१ हजार हाहाहारीमा खसेको मतमध्ये शनिबार अपरान्हसम्म ९७ हजार ५३९ मत गणना भइसकेको छ ।
अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) १५ हजार मतान्तरले अगाडि छन् । शनिबार दिउँसो साढे ४ बजेसम्म बालेनले ३४ हजार ४८७ मत ल्याउँदा स्थापितले १९ हजार १५० र सिर्जना सिंहले १८ हजार ८३१ मत ल्याएकी छन् ।
अहिलेसम्म प्राप्त मतको अनुपात हेर्दा स्वतन्त्र उम्मेदवार बालेनलाई पछि पार्न स्थापित र सिर्जनाले चमत्कार गर्नुपर्ने हुन्छ । बालेनले लगभग ३६ प्रतिशत भोट ल्याएर छन् । एमालेका स्थापित र काँग्रेसकी सिंहले २० प्रतिशतको आसपासमा मात्रै मत ल्याएका छन् ।
शुरुमा महानरपालिकाको १ र ३२ नम्बर वडाको मतगणना भएको थियो । दुवै वडामा वडाअध्यक्ष भने एमालेका उम्मेदवारले जितेका छन् । तर, मेयर पदमा भने बालेनलाई धेरै मत आएको छ । अहिलेसम्म १ देखि ६, ८, २८, २९, ३० र ३२ नम्बर वडाको मतगणना सकिएको छ । त्यसमध्ये कांग्रेसले ६, २९ र ३० नम्बर वडा जितेको छ। बाँकी १ देखि ५, ८, २८ र ३२ वडामा भने एमालेले अध्यक्ष जितेको छ ।
स्थापित र सिंह दुवैले कोर एरियाबाट आफूलाई धेरै मत आउने अपेक्षा गरेका थिए । रैथाने नेवारी वस्तिभन्दा बाहिरको मत स्वीङ हुने भएकाले बालेनले धेरै मत पाएको तर, कोर एरियामा पुग्दा नतिजा उल्टिने विश्लेषण एमाले र कांग्रेस दुवैको थियो । तर, कोर एरियामा पनि उनीहरुको जोर चल्ने देखिएन । कोर क्षेत्रको मतगणनामा पनि स्वतन्त्र उम्मेदवार बालेन नै आगाडि देखिएका छन् ।
‘कतिपय वडामा हामीलाई राम्रो मत नआएको होइन, तर बालेको पक्षमा जसरी हुरी चलिरहेको छ, अब उनलाई पछि पार्न कठिन छ’ मतगणना स्थलमा भेटिएका कांग्रेसका एक नेताले लोकान्तरसँग भने ।
केशव स्थापितको वडा २८ नम्बर वडामा एमालेले जिते पनि बालेनको भोट स्थापितको भन्दा थोरै मात्रै कम छ । त्यो वडामा ७ सय ४१ मत स्थापितले पाउँदा बालेनले ७ सय १७ मत ल्याएका छन् । सिर्जनालाई उक्त वडामा ७१० मत मात्रै आयो । अर्को कोर एरिया मानिएको २९ नम्बर वडामा त झन स्थापित भन्दा ७०२ मतले बालेन अगाडि भए ।
मतको अहिलेको अनुपात हेर्दा कोर क्षेत्र मानिएको २० देखि २८ नम्बर वडामा पनि एमाले–कांग्रेस भन्दा बालेन नै अगाडि हुने देखिन्छ ।
यद्यपी, अझै ९० हजारको हाराहारीमा मतगणना हुन बाँकी छ । एमालेका स्थापित वा कांग्रेसकी सिंहले बालेनलाई जित्नको लागि बालेनलाई जित्नको लागि उनले पाउने मत २० प्रतिशतमा सीमित हुनुपर्छ र स्थापित वा सिंहले पाउने मत ४० प्रतिशतमा बढोत्तरी हुनुपर्छ । यस्तो चमत्कारको सम्भावना लगभग सकिएको छ ।
शनिबार दिउँसोसम्मको मत गणनामा वडा नम्बर– २४ र २७ मा भने केशव स्थापित अगाडि छन् । ‘मेयरको मत लौरोमा र बाँकी रूख या सूर्यमा हालेका छन् । मतदाताको मनोविज्ञान बुझ्नै सकिएन’ गणना स्थलमा भेटिएका एमालेका एक कार्यकर्ताले भने ।
८ नम्बर वडामा राम्रो मत पाएपछि बिहीबार दिउँसो सिर्जना सिंह मतगणना स्थल पुगेकी थिइन् । ‘कोर एरियामा गएपछि मेरो राम्रो भोट आउँछ, त्यही मतको आधारमा जित्नेमा आशावादी छु’, त्यसदिन सिंहले भनेकी थिइन् ।
सुस्त गतिमा भइरहेको मतगणनाको नतिजा आफ्नो पक्षमा नआएपछि राष्ट्रिय सभागृह बाहिर एमाले र कांग्रेसका कार्यकर्ताको चहलपहल घटिरहेको छ । अहिलेकै रफ्तारमा मत गणना हुँदा काठमाडौं महानगरको नतिजा आउन अर्को हप्ता कुर्नुपर्ने सम्भावना छ । गणना सकिएका ठाउँका कर्मचारी ल्याएर भए पनि आइतबारदेखि गणना छिटो गराउने तयारी भइरहेको निर्वाचन आयोगले बताएको छ ।
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेश सभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सभा अनि...
गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन् । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा सहभागी विपदमा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई निर्देशन दिँदै सर...
नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने दाबी गरेका छन् । रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको टिप्पणी छ । ...
सरकारले दिँदै आएको तक्मामा प्रयोग हुने सुन र आकारमा हेरफेर गर्ने भएको छ । गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको मात्रा घटाएर तक्माहरूको आकारमा फेरबदल गर्ने मन्त्रिपरिषदले निर्णय गरेको ह...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको साख उँचो बनाउने गरी काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय शान्तिनगरमा बुधवार बोलाएर नेता नेपालले जनताको मन जित्ने ग...
सर्वसाधारणका घरमा गएर परिवारमाथि नै धावा बोल्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री कूलप्रसाद केसीले बुधवा...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...