२९ असार २०८३, सोमबार

व्यास नगरपालिका अपडेटः पछि परे दीपकराज जोशी

व्यास नगरपालिका अपडेटः पछि परे दीपकराज जोशी

तनहुँको व्यास नगरपालिकाको २४ हजार ३८७ मत गणना सकिएको छ । आइतबार बिहान प्राप्त मतपरिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । मत परिणामअनुसार स्वतन्त्र रुपमा उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकराज जोशी २१६ मतले पछि परेका हुन् । 

काँग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेले ९ हजार ८२२ मत पाउँदा जोशीले ९ हजार ६०६ मत पाएका छन् । अब ५ हजार हाराहारीमा मत गन्न बाँकी रहेको जनाइएको छ । तनहुँमा जोशीको उम्मेदवारीपछि त्यहाँको नतिजालाई चासोका साथ हेरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्