
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको गुर्भाकोट ८ मेहलकुनामा सहकारीको २७ औं शाखा तथा गार्डेन मार्टको १८ औ शाखा सञ्चालनमा ल्याएको छ ।
शनिवार गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन र उपप्रमुख मैना विकले संयुक्त रूपमा शाखा सञ्चालनको शुभारम्भ गरे ।
उपभोक्तालाई एउटै छानामुनी सबै किसिमका उपभोग्य वस्तुहरू किनमेलको अनुभव दिलाउने र सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य यसले सहकारीले लिएको छ ।
शाखा शुभारम्भलाई सम्बोधन गर्दै गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले सहकारी र मार्ट दुबैको सञ्चालनले स्थानीय नागरिकलाई आधुनिक सेवा लिन सजिलो हुने बताए ।
‘यसले हाम्रो ठाउँमा व्यवसायिक गतिविधि बृद्धि हुनेछ र स्थानीयलाई आयआर्जनका लागि पनि सहयोग पुग्नेछ,’ पुनले भने ।
सहकारीका सुर्खेत प्रमुख चन्दन थापाका अनुसार यो मार्टमा दैनिक उपभोग्य वस्तु, चामल, चिनि, दाल लगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरू उपलब्ध छन् ।
मार्टमा महिलाहरूका लागि आवश्यक शृंङ्गारका सामग्रीहरू, फ्रिज, बासिङ्ग मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरणहरू उपलब्ध छन् ।
शुभारम्भको अवसरमा यी सामग्रीहरूको खरिदमा निश्चित प्रतिशत छुटको व्यवस्था समेत भएको गार्डेन मार्टले जानकारी दिएको छ ।