२६ असार २०८३, शुक्रबार

स्थानीय निर्वाचन रद्द गर्नुपर्ने माग गर्दै सर्वोच्चमा मुद्दा दिएका साह भंगाहाको मेयरमा दोहिरिए

स्थानीय निर्वाचन रद्द गर्नुपर्ने माग गर्दै सर्वोच्चमा मुद्दा दिएका साह भंगाहाको मेयरमा दोहिरिए

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूरा नभएको भन्दै चुनावको मिति सार्न मुद्दा दिएका सञ्जीवकुमार साह महोत्तरी भंगाहा नगरपालिकाको मेयरमा दोहोरिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट ५ हजार ६१७ मत ल्याएर उनी निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय मण्डलले ५ हजार ३५४ मत, नेकपा माओवादी केन्द्रका राजनारायण राय थारुले ४ हजार ५३४ मत ल्याएका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा पनि साह नै निर्वाचित भएका थिए ।

गत निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट ४ हजार ४७८ मत ल्याएर उनी निर्वाचित भएका थिए । नेकपा माओवादी केन्द्रका राजनारायण यादवले ३ हजार ६६ मत ल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्