२७ असार २०८३, शनिबार

व्यासको प्रमुख र उपप्रमुखमा कांग्रेस अग्रस्थानमा

व्यासको प्रमुख र उपप्रमुखमा कांग्रेस अग्रस्थानमा

व्यास नगरपालिकामा बुधवार साँझदेखि थालेको मतगणना हालसम्म जारी रहेको छ ।

कूल खसेको तीस हजार २४७ मतमध्ये चौबीस हजार १८७ मतगणना कार्य सम्पन्न भएको छ । शनिवार दिउँसोसम्म स्वतन्त्र उम्मेदवारले अग्रता कायम गर्दै आए पनि साँझदेखि नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ ।

आज बिहानसम्मको मत परिणाम अनुसार कांग्रेसका बैकुण्ठ न्यौपानेले नौ हजार ८२२ र स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले नौ हजार ६०६ मत पाएका छन् । कांग्रेस २१७ मतले अग्रस्थानमा रहेको छ । 

त्यसैगरी उपप्रमुखमा कांग्रेसका इन्दिरा दरैले दश हजार ९१३ र एमालेकी बसुन्धरा घर्ती आठ हजार ३०७ मत पाएका छन् । दरै दुई हजार ६०६ मतले अग्रस्थानमा छन् । व्यासमा चौध वडा रहेका छन् । 

अब कूल छ हजार ६० मतगणना गर्न बाँकी छ । सोमवार बिहानसम्म सबै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्