×

NMB BANK
NIC ASIA

बढ्दो व्यापार घाटा

१० महिनामै बाहिरियो बजेट बराबरको १६ खर्ब, मल अभाव यस वर्ष पनि दोहोरिने

जेठ ८, २०७९

NTC
Premier Steels

नेपालबाट १० महिनामै वस्तु तथा सेवाको खरीदमा १६ खर्ब ४ अर्ब रूपैयाँ बाहिरिएको छ । नेपालको वर्षभरिको बजेटकै आकारमा वैशाखसम्म उक्त रकम बराबरको आयात भएको हो ।

Muktinath Bank

चालू आर्थिक वर्षका लागि सरकारले १६ खर्ब ३२ अर्ब रूपैयाँको बजेट विनियोजन गरेको छ । यही बजेटकै आकारसरहको रकम चालू आवको साउनदेखि वैशाखसम्ममा आयात गर्दा बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागको तथ्यांकअनुसार चालू आवको वैशाखसम्ममा अत्यावश्यक उपभोग्य वस्तुदेखि विलासिताका वस्तुसम्मको खरीदमा उक्त रकम खर्च भएको हो । यस्तो आयात गत वर्षको सोही अवधिको तुलनामा २७.९५ प्रतिशतले बढेको छ । गत वर्ष यो अवधिसम्ममा यस्तो आयात १२ खर्ब ५४ अर्ब रूपैयाँको मात्रै थियो । 


Advertisment
Nabil box
Kumari

यो अवधिमा निर्यात भने ५९.८ प्रतिशतले बढेको छ । वैशाखसम्ममा निर्यात १ खर्ब ७३ अर्ब रूपैयाँको भएको छ । यस्तो निर्यात गत वर्षको सोही अवधिसम्ममा १ खर्ब ८ अर्ब रूपैयाँको मात्रै थियो । निर्यातको वृद्धिदर राम्रो देखिएको भए पनि आयातको तुलनामा यसको हिस्सा न्यून मात्रै छ । 

Vianet communication

अत्यावश्यक १० वस्तु किन्नमै सकियो ५ खर्ब

नेपालमा अधिक खपत हुने प्रमुख १० वस्तुको खरीदमै करीब ५ खर्ब रूपैयाँ सकिएको छ । भन्सार विभागको तथ्यांकअनुसार इन्धन, खाने तेल, सुन, मोबाइलसहितका १० प्रकारका वस्तुको खरीदमै ४ खर्ब ९५ अर्ब रूपैयाँ सकिएको छ । 

विभागका अनुसार आयात गर्दा सबैभन्दा बढी खर्च पेट्रोलियम पदार्थमा हुने गरेको छ । वैशाखसम्ममा डिजेलमा मात्रै १ खर्ब २३ अर्ब, पेट्रोलमा ५४ अर्ब, ग्यासमा ५२ अर्ब, भटमासको कच्चा तेल किन्नमा ४९ अर्ब रूपैयाँ खर्च भएको छ । एमएस विलेटमा ४३ अर्ब, मोबाइल फोन किन्दा ३६ अर्ब, सुनमा ३५ अर्ब, कच्चा पाम तेलमा ३४ अर्ब, एचआर सिटमा ३२ अर्ब र भ्याक्सिन खरीदमा ३२ अर्ब रूपैयाँ खर्च भएको देखिएको छ । 

अत्यावश्यक तथा नेपालीले बढी खपत गरेका कारण यही १० वस्तु खरीदका कारण आयातको ग्राफ उकालो लागेको पनि देखिएको छ । तथ्यांकअनुसार वैशाखसम्ममा डिजेल, कच्चा तेल, भ्याक्सिन, पेट्रोल, ग्यास, सुन, फलाम, एचआर सिट र भटमासको कच्चा तेल किन्दा गत वर्षको भन्दा १ खर्ब १२ अर्ब रूपैयाँ बढी खर्च भएको छ । 

यी वस्तुहरूको खरीदमा यो वर्ष ४ खर्ब ३४ अर्ब रूपैयाँ खर्च भएको छ । यस्तो खर्च गत वर्ष वैशाखसम्ममा २ खर्ब २५ अर्ब रूपैयाँ मात्रै थियो ।

ठेकेदारले ल्याउन सकेनन् मल, अभाव दोहोरिने

बर्सेनि खेती किसानी गर्ने बेला हुने मलको अभाव यो वर्ष पनि दोहोरिने भएको छ । 

वैशाखसम्ममा नेपालमा भित्रिएको डीएपी मलको आयात मात्रै गत वर्षको सोही अवधिको तुलनामा ४०.२७ प्रतिशतले घटेको छ । 

यो वर्ष जम्मा ४ अर्ब ६७ करोड रूपैयाँको मात्रै मल आएको छ । यो वर्ष वैशाखसम्ममा ९ करोड ४८ लाख केजी मल भित्रिएको छ । गत वर्ष भने यस्तो आयात ७ अर्ब ९३ करोड रूपैयाँबाट १८ करोड ५२ लाख केजी डीएपी मल मात्रै आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

रसिया–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको भाउ अस्वाभाविक बढेको हुँदा नेपाली ठेकेदारले मल ल्याउन नसकेको कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायले बताए । 

उपाध्यायले भने, ‘बेलैमा मल ल्याउन गरिएको ठेक्कामा ठेकेदारले समयसीमाभित्र यो वर्ष पनि मल ल्याउन सकेनन् । यो वर्ष आधा दर्जन ठेकेदारले ठेक्का लिइसकेको डेढ लाख टन मल नआउँदा गत वर्ष जस्तै यो वर्ष पनि मलको अभाव हुने भएको छ ।’

तोकिएको समयमा मल नल्याउने ती ठेकेदार भने कारवाहीको दायरामा पर्ने भएका छन् । ठेकेदार कारवाही गर्न कृषि सामग्री कम्पनीले सूची तयार पारेर प्रक्रिया अगाडि बढाइसकेको छ । समयमा नै मल ल्याउँछु भनेर ठेक्का लिएका ती ठेकेदारले न्यूनतम ५ हजार टनदेखि १५/२० हजार टनसम्मको ठेक्का लिएर मल नल्याएको उपाध्यायले बताए । 

न्यून मूल्यमा प्रस्ताव हालेर ठेक्का पार्ने गरेको तर किन्ने बेलामा भने अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिसक्ने हुनाले मल ल्याउन नसकेको तर्क नेपाली ठेकेदारहरूले दिने गरेको उपाध्याय बताउँछन् । 

ठेक्का लिइसकेपछि मल ल्याउन नसक्ने ठेकेदारलाई कारबाही गरेर पुनः अर्को ठेक्का लगाउने काम पनि भइरहेको उपाध्यायले बताए । नेपालमा मल उत्पादन नहुने, अन्तर्राष्ट्रिय बजारमा भर पर्नुपर्ने र त्यो पनि चाहेको बेला नपाइने हुँदा चाहेर पनि बर्सेनि मल अभावको समस्या टार्न नसकिएको कृषि सामग्री लिमिटेडको भनाइ छ ।

यो वर्ष सरकारले ७ लाख मेट्रिक टन मल आवश्यक पर्ने अनुमान गरेको भए पनि हालसम्म आधा क्षमतामा पनि मल आउन नसक्दा सहज हुन नसकेको उपाध्यायले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x