
आइतवार काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रममा उपस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विषयमा केही बोलेनन् ।
वैशाख ३० गतेको चुनाव पछि ओली आइतवार पहिलो पटक सार्वजनिक कार्यक्रममा झुल्किएका थिए ।
साहित्यिक पत्रकार संघले आइतवार काठमाडौंमा आयोजना गरेको ‘फर्गेट एस्टर्डे’ कविता संग्रहको विमोचन कार्यक्रममा ओलीले कला साहित्यको विषयमा लामो प्रवचन दिएपनि राजनीतिक विषयमा प्रवेश नै गरेनन् ।
ओलीले राजनीतिक विषयमा केही बोल्ने अपेक्षासहित ठूलो संख्यामा पत्रकारहरू प्रज्ञा प्रतिष्ठान पुगेका थिए ।
अध्यक्ष ओलीले कांग्रेसको नाम नलिई एउटा राजनीतिक दलले भ्युटावरबारे चुनावी घोषणापत्रमा विरोध गरेकोमा आपत्ति जनाए ।
‘एउटा पार्टीले घोषणापत्रमा भन्यो– भ्यु टावर बनाउदैनौँ । आइफेल टावर जो फ्रान्सको प्रतिक भएको छ, त्यो बनाउनु गलत थियो भनेर कसैले भन्न सक्छ ?’ ओलीले प्रश्न गरे ।