भरतपुर महानगरपालिकामा अब करिब २७ हजार मत गणना हुन बाँकी रहेको छ । आइतबार राति पौने ८ बजेसम्म १ लाख ५४४ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खसेको कुल १ लाख २७ हजार ५६६ मतमध्ये अब करिब २७ हजार मतमात्र गन्न बाँकी रहेको हो ।
भरतपुर महानगरपालिकामा १ लाख ५४४ गणना हुँदा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहालले ८८८२ मतको अग्रता बनाएकी छन् । दाहालले ३९ हजार ८०८ मत प्राप्त गर्दा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ३० हजार ९२६ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ९०५ मत पाएका छन् ।
यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४२ हजार ७४ मत पाएर अग्रता बनाइरहेका छन्।