२७ जेठ २०८३, बुधबार

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लीगको उपाधि

जेठ ९, २०७९
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लीगको उपाधि

इंग्लिस प्रिमियर लीग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

आइतवार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लासँग ३-२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

सिटीले छैटौं पटक प्रिमियर लिगको उपाधि जितेको हो ।

यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा सिटीले चौंथो पटक उपाधि जितेको हो ।

घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर सिटीले जीत निकालेको हो ।

जीतसँगै सिटीले ३८ खेलमा ९३ अंक जोड्यो ।

सिटीले दोस्रो स्थानको लिभरपुललाई १ अंकले पछि पार्दै उपाधि जितेको हो ।

लिभरपुलले ९२ अंक जोड्यो ।

एस्टन ४५ अंक जोडेर १४ औं स्थानमा रह्यो ।

salt training

कमेन्ट गर्नुहोस्