×

NMB BANK
NIC ASIA

फेरि चलमलाउँदै छ निर्वाचनमा सुस्ताएको सांगीतिक बजार

निर्वाचनले रोकिएका म्युजिक भिडियो धमाधम हुँदैछन् सार्वजनिक

जेठ ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय तह निर्वाचनको माहोलले ठप्पप्रायः सांगीतिक बजार फेरि चलमलाउन थालेको छ । 

Muktinath Bank

निर्वाचनको माहोलका कारण झण्डै दुई साता सांगीतिक बजार ठप्प थियो । निर्वाचन मितिको एक साता अघिदेखि एक साता पछिसम्म युट्युबमा म्युजिक भिडियोहरू सार्वजनिक भएका थिएनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दर्शकहरूको ध्यान निर्वाचन र मतपरिणाममै केन्द्रित हुने हुँदा सम्बन्धित कलाकारहरूले भिडियो सार्वजनिक गरेनन् । 


Advertisment
Nabil box
Kumari

तयार म्युजिक भिडियोहरू पनि यो अवधिमा सार्वजनिक भएनन् । यता गीत रेकर्डिङ र भिडियो छायांकनका गतिविधिहरू पनि ठप्पप्रायः थिए । 

Vianet communication
Laxmi Bank

धेरै स्थानको अन्तिम मतपरिणाम आएसँगै सांगीतिक माहोल पनि पुरानै अवस्थामा फर्किन थालेको छ । तीन/चार दिनयता युट्युबमा म्युजिक भिडियोहरू सार्वजनिक भइरहेका छन् । 

राजेश पायल राई, प्रमोद खरेल, रामजी खाँड, अस्मिता अधिकारी, टीका प्रसाईँलगायतको स्वर रहेका तथा केकी अधिकारी, मलिका महत, राहुल शाहलगायतको अभिनय रहेका गीतका भिडियोहरू निर्वाचनयता युट्युबमा आइसकेका छन् ।

अहिले रेकर्डिङका गतिविधिहरू समेत पहिलेकै अवस्थामा फर्किएको गायक–गायिकाहरू बताउँछन् । रुचाइएका मोडल पुष्प खड्काले म्युजिक भिडियो छायांकनको काम शुरू भइसकेको बताए । 

‘निर्वाचनले १०/१२ दिन छायांकनको काम ठप्प नै रह्यो । तीन/चार दिनअघिदेखि भने काम शुरू भएका छन्,’ उनले लोकान्तरसँग भने, ‘मैले निर्वाचनयता २ वटा भिडियोको छायांकन सकिसकेँ । अब पनि निरन्तर छायांकनको सेडयूल तय छ ।’ 

केही निर्वाचनले रोकिएका त केही नयाँ गीतहरू छायांकनको क्रममा रहेको उनले बताए । 

निर्देशक काजिश श्रेष्ठ पनि निर्वाचनको माहोल विस्तारै सेलाउँदै गएसँगै सांगीतिक माहोल फेरि चलायमान भएको बताउँछन् । उनका निर्वाचनअघि नै तयार केही म्युजिक भिडियो सार्वजनिक हुने क्रममा छन् । 

‘तयार भएका गीतहरू पनि निर्वाचनको समयमा सार्वजनिक गरिएन । निर्वाचनअघि निर्देशन गरेका आधा दर्जन बढी भिडियोहरू सार्वजनिकका लागि तयार छन् । ती अब क्रमशः सार्वजनिक हुनेछन्,’ निर्देशक श्रेष्ठले भने, ‘मंगलवारदेखि छायांकन पनि शुरू गर्छु । क्रमशः बिहीवार, शनिवार पनि छायांकन तय भइसकेको छ ।’ 

गीतकार नेत्र अर्यालले निर्वाचनअघि तयार आफ्नो गीत ‘फोटो मायाको’ गत शनिवारमात्रै सार्वजनिक गरे । निर्वाचनको माहोललाई हेरेर आफ्नो गीत दुई साता ढिलो गरी सार्वजनिक गरेको उनले बताए । 

निर्देशक काजिशका अनुसार अन्य कलाकारहरूले पनि तयार भएका म्युजिक भिडियोहरू निर्वाचनको केही दिन अघिपछि सार्वजनिक गरेनन् । त्यसका कारण निर्वाचनअघि तयार भएका थुप्रै भिडियोहरू सार्वजनिक हुने क्रममा छन् । अहिले सार्वजनिक भइरहेको अधिकांश म्युजिक भिडियोहरू पनि निर्वाचनअघि नै तयार भएको काजिशले बताए । 

‘अब निर्वाचनअघि तयार भिडियोहरू भटाभट सार्वजनिक हुन्छन,’ उनी भन्छन्, ‘गत शुक्रवार पनि केही भिडियोहरु आए । यो शुक्रवार टन्नै भिडियोहरू आउँछन् होला ।’

म्युजिक भिडियोहरू अन्य दिनको तुलनामा शुक्रवार बढी मात्रामा सार्वजनिक हुने गरेका छन् । निर्वाचनको समयमा दर्शकको ध्यान त्यसमै केन्द्रित हुने हुँदा भ्युज राम्रो जाँदैन भनेर भिडियो सार्वजनिक मितिलाई पछाडि धकेले पनि अहिले सार्वजनिक अधिकांश भिडियोले अपेक्षित भ्युज भने पाउन सकेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x