३० जेठ २०८३, शनिबार

बेलायती गुप्तचरको भविष्यवाणी– सन् २०२३ मा पुटिन हुनेछन् सत्ताच्युत

जेठ ९, २०७९
बेलायती गुप्तचरको भविष्यवाणी– सन् २०२३ मा पुटिन हुनेछन् सत्ताच्युत

बेलायती गुप्तचर संस्था एमआई६का पूर्वप्रमुख सर रिचर्ड डियरलभले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् २०२३ मा सत्ताच्युत गरिने र उनी दीर्घरोगबाट थलिएर अस्पतालमा भर्ना गरिने दाबी गरेका छन् । 

युक्रेन युद्धमा रुसले अनेकौं चुनौती बेहोर्नुपरेकाले पुटिनलाई अस्पताल पठाएर सत्ताबाट हटाउने बाटो खोलिनसक्ने डियरलभको भनाइ छ । 

सन् १९९९ देखि २००४ सम्म एमआई६को नेतृत्व गरेका डियरलभले वन डिसिजन नामक पोडकास्टको एक एपिसोडमा यो भविष्यवाणी गरेका हुन् । 

पुटिन सत्ताबाट बाहिरिएपछि उनको उत्तराधिकारीका विषयमा कुनै योजना मस्कोले नबनाएको डियरलभले बताए । तर पुटिनको ठाउँमा सुरक्षा परिषद्का सचिव निकोलाइ पात्रुशेभलाई ल्याउन सकिने डियरलभको भनाइ छ ।

पुटिनको स्वास्थ्य राम्रो नरहेको विषयमा अनेकौं अनुमान गरिएका छन् । पश्चिमी कूटनीतिकर्मी तथा गुप्तचर वृत्तमा पुटिनलाई डिमेन्सिया, पार्किन्सन्स डिजीज र रक्त क्यान्सर जस्ता रोग लागेको चर्चा छ ।

salt training

कमेन्ट गर्नुहोस्