
ब्युटी प्याजेन्टको नाममा बालिकामाथि बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसारमा ५ दिनको म्याद थप गरिएको छ ।
प्रहरीका अनुसार आज (सोमवार) उनलाई अदालतमा उपस्थित गराएर ५ दिनको म्याद थप गरेको हो ।
८ वर्षअघि ब्युटी कन्टेस्टको नाममा काठमाडौं एक होटलमा बलात्कार गरेको आरोप लगाउँदै ती युवतीले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो पोष्ट गरेपछि प्रहरीले पाण्डेलाई शनिवार पक्राउ गरेको थियो ।
उनीविरुद्ध पीडित युवतीले अदालतमा बयान दिएकी छन् । अदालतले उनको बयानलाई प्रमाणित गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।