२२ जेठ २०८३, शुक्रबार

युक्रेनलाई सहयोग गर्नका लागि पोल्यान्डले गोप्य रूपमा पठायो आफ्ना सैनिक, थप पठाउने तयारी

जेठ ९, २०७९
युक्रेनलाई सहयोग गर्नका लागि पोल्यान्डले गोप्य रूपमा पठायो आफ्ना सैनिक, थप पठाउने तयारी

पोल्यान्डले युक्रेनलाई सैन्य सहायता उपलब्ध गराएको छ । 

दुई दिनअघि पोलिश सेनाका दुई बटालियन नीप्रोपेट्रोव्स्कस्थित पाव्लोग्राद क्षेत्रमा पुगेको खबर टेलिग्राम च्यानलहरूमा प्रकाशित छ । उनीहरूसँग रापिरा एन्टी ट्यांक बन्दूक, सशस्त्र वाहन र अमेरिकी सशस्त्र कारहरू थिए । 

यससँगै पोल्यान्डमा स्वयंसेवी सैन्य सेवामा भर्ती पनि खुलेको छ । देशका विभिन्न शहरमा कथित सैन्य पिकनिकहरू आयोजना गरिएका छन् । 

यस तालिम शिविरको सहआयोजक सेन्ट्रल मिलिटरी रिक्रुटिङ सेन्टर हो । त्यसले स्थानीय सैन्य प्रशासनलाई विस्थापित गरेको छ । 

यस्तो किसिमको सेवा उपलब्ध गराइएको यो पहिलोपटक हो । पन्ध्र हजारजनाका लागि भर्ती खोलिएको छ । 

रुसबाट जोखिम आएकाले यी गतिविधिहरू गरिएको पोल्यान्डको रक्षा मन्त्रालयले जनाएको छ । 

‘यस जोखिमलाई सबभन्दा प्रभावकारी जवाफ दिनका लागि पोलयान्डका सशस्त्र बलहरूलाई सशक्त बनाउनुपर्छ । त्यसैले हामीले स्वयंसेवी सैन्य सेवामा भर्ती शुरू गरेका हौं,’ मन्त्रालयले जनायो । 

यी सैन्य पिकनिकहरूपछि पोलिश सेनालाई युक्रेनमा तैनाथ गरिने सम्भावना छ । 

युक्रेनमा पोलिश नागरिकहरूका लागि विशेष हैसियत दिने कानून ल्याउन तयारी चलिरहेको भनी युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बयान दिएका छन् । रुसविरुद्ध युद्ध लड्न चाहने पोलिशहरूलाई वैधता दिनका लागि यो कानून ल्याउन लागिएको हो । 

यसो गर्दा पोल्यान्ड राज्यका रूपमा वा नेटोको सदस्य भएको हैसियतमा यस युद्धमा सहभागी भएको मानिनेछैन । तर युक्रेनले युद्धका लागि आवश्यक जनस्रोत जुटाउन यसमार्फत जुटाउन पाउनेछ । युक्रेनमा सैन्य भर्तीका लागि चलाइएको चौथो चरणमा युक्रेनीहरू जोडिन चाहेका छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्