
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले हालै मात्र चितवनमा टाटा मोटर्सको दोस्रंो एक्सपिरियन्स जोनको शुरूआत गरेको छ ।
यस एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ्ग राई सहित नेपाली चलचित्र कवड्डी टिमद्धारा गरिएको हो ।
यस टाटा मोटर्स एक्सपिरियन्स जोन चितवनस्थित सीजी ल्याण्डमार्कमा रहेको छ ।
टाटा मोटर्सको यो दोस्रो एक्सपिरियन्स जोन हो । यस अघि ललितपुरको पुल्चोकस्थित लाबिम मलमा पहिलो एक्सपिरियन्स जोनको शुरूवात भएको थियो ।
यस एक्सपिरियन्स जोनमा बजार प्रतिनिधिहरु मार्फत टाटा मोटर्सका गाडीहरुको बारेमा विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
यसका साथै टेस्ट ड्राईभको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, टाटा मोटर्सका ग्राहकहरूका लागि मात्र प्रिभिलेज्ड पार्किङ्गको पनि सुविधा रहेको छ ।