
काठमाडौं, ललितपुर र पोखरा महानगरबाहेक ठूला शहरको मतगणना सकिएको छ ।
विराटनगरमा कांग्रेस, वीरगञ्जमा जसपा र भरतपुरमा माओवादी केन्द्र विजयी भएको छ । मंगलवार बिहान सम्पन्न मतगणनाअनुसार एमालेका विजय सुवेदीलाई झण्डै साढे १२ हजार मतान्तरले पराजित गर्दै माओवादीकी रेनु दाहाल भरतपुरको मेयर निर्वाचित भएकी छन् ।
एमालेका विजय सरावगीलाई पराजित गर्दै वीरगञ्जमा जसपाका राजेशमान सिंह मेयर निर्वाचित भएका छन् । नतिजा आउन बाँकी काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि छन् । ललितपुरमा नेपाली कांग्रेस र पोखरामा नेकपा एसका उम्मेदवार विजयोन्मुख छन् ।
नतिजा आउन बाँकी रहेको तुलसीपुर उपमहानगर पालिकामा एमाले जित नजिक छ ।
एमालेले दाङको घोराही र बाराको कलैया उपमहानगर पनि जितिसकेको छ । अन्य छिटफुटबाहेक अधिकांश क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।