×

NMB BANK
NIC ASIA

पोखरामा कांग्रेसले २२ वडाध्यक्ष जित्दा गठबन्धनबाट उठेका माओवादीका सबै उम्मेदवार पराजित

जेठ १०, २०७९

NTC
Sarbottam
पोखरा महानगरपालिका-१७ को वडाध्यक्षमा विजयी नेकपा (एमाले)बाट उम्मेदवार राधिका शाही योगी र अन्य सदस्यहरू सोमवार विजयी र्‍यालीमा सहभागी हुँदै । पोखराको ३३ वडामा उनी एक मात्रै निर्वाचित महिला वडाध्यक्ष हुन् । तस्वीर: जमुना वर्षा शर्मा, रासस
Premier Steels
Marvel

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका माओवादी उम्मेदवार सबै पराजित भएका छन् । 

Muktinath Bank

महानगरमा ३३ वटा वडामध्ये १८ वटा वडामा कांग्रेस वडाध्यक्ष, माओवादी वडा सदस्य र केही वडामा एकीकृत समाजवादी वडा सदस्यसहितको प्यानल नेकपा एमालेसँग प्रतिस्पर्धा गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती सबै वडामा प्रायः कांग्रेसले वडाध्यक्षमा जितेको छ । तर, सदस्य पदका माओवादी उम्मेदवार भने पराजित भएका छन् । 


Advertisment
Nabil box
Kumari

पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखसहित वडा ६, ८, १४, १५, १६, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २९, ३०, ३१ र ३३ नम्बरमा गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गरेको हो । 

Vianet communication
Laxmi Bank

प्रमुखमा एकीकृत समाजवादी र उपमेयर तथा वडाध्यक्षहरू कांग्रेसको भागमा परेको थियो । वडा सदस्यहरू माओवादीको भागमा पर्ने गरी चुनावी तालमेल भएको थियो । 

गठबन्धनबाट कांग्रेसले जितेका प्रायः वडामा सदस्यमा भने धेरै नेकपा एमाले र केही एकीकृत समाजवादीका उम्मेदवार उच्च मतान्तरले विजयी भएका छन् । त्यही माओवादीका उम्मेदवारहरूले पराजय भोग्नु पर्‍यो । यससँगै अब बन्ने पोखरा महानगरपालिका नगरपरिषद्मा नेकपा एमालेको बहुमत पुगेको छ । 

यससँगै माओवादी कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पोखेका छन् । 

गण्डकी प्रदेश सांसद माओवादी नेता दीपक कोइरालाले भने कसरी भोट हाल्ने भन्ने ज्ञानको कमीका कारण यस्तो भएको बताए । ‘पूर्वाग्रह होइन बरु कसरी भोट हाल्ने भन्ने ज्ञानको कमीका कारण माओवादीको यस्तो नतिजा आएको हुन सक्छ,’ उनले लोकान्तरसँग भने । 

पोखरा महानगरपालिका मतगणना करीब–करीब सम्पन्न भएको छ । ३३ मध्ये बाँकी रहेका ३ वटा वडाको मतगणना जारी छ । 

मतगणना सम्पन्न भएका ३० वटा वडामध्ये कांग्रेसले २२ वटामा वडाध्यक्ष र एमालेले ८ वटाको वडाध्यक्ष जीतेको छ । 

अहिले मत गणना जारी रहेका वडामा पनि एउटा वडामा एमालेको अग्रता छ । अरुमा कांंग्रेसको अध्यक्षमा अग्रता भए पनि सदस्यमा एमालेकै अग्रता छ । नगरपरिषद्मा उपप्रमुखसहित १९ जना एमाले र २२ जना कांग्रेससहितको गठबन्धन सदस्य आउने लगभग पक्का भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x