असार ११, २०७९
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ, गालीगलौज गर्दैन; बरु प्रेरणा दिन्छ ।
तर, यहाँ त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी भएकै कारण रेनु दाहाल ओलीको आँखाको तारो बनिन् । उनले यति गाली खाइन् कि मानौं ओलीको प्रमुख राजनीतिक दुश्मनी नै रेनुसँग हो । माउमाउ लड्न छाडेर बाच्छाबाच्छीसँग जुध्न आइपुग्ने ओलीको शैली बा भन्न लायक थिएन र छैन ।
यतिखेर भरतपुरमा विजयी जुलुस निस्किरहेको छ । तर राष्ट्रिय बा ओली खुशी छैनन्, किनकी आफ्नो छोरी नभई प्रचण्डको छोरीले जितेको भन्ने उनलाई लागेको छ । यतिखेर बालकोटको सोफामा पराजयपछिको समीक्षा बैठक चलिरहेको हुनुपर्छ । न हाँस्नु, न रुनुको अवस्थामा बाले 'देश दुर्घटनाबाट जोगियो' भनेर आफ्नो मनलाई थामथाम थुमथुम पारिरहनुभएको होला ।
बाले बुझ्नुपर्छ, देश भनेको मोटरसाइकल हैन । राजनीतिक भाषामा दुर्घटना भनेको के हो, एक वर्षसम्म अदालतसँग मुद्दा लडेर बसेको प्रमलाई थाहा नहुने कुरै भएन । खैर, छुच्चो मुख लगाएर सबैलाई गाली दिने बा आफ्नै क्षेत्रमा पनि हार्नुभयो । रेनु दाहालले हारेको देख्न चाहने पापी मानसिकताबाट पनि हार्नुभयो ।
'तपाईं (केपी ओली)लाई भोट माग्न प्रचण्ड झापा नगएको भए मेरो भाइ (प्रकाश दाहाल) मर्नुपर्ने थिएन' भन्दै रेनुले केही महिनाअघि ओलीको आलोचना गरेकी थिइन् ।
'पर्सनल अट्याक' भन्ने अंग्रेजी शब्दलाई सिद्धान्त नै बनाएका ओलीले व्यक्तिगत तबरमै गएर आलोचना गरेकोगर्यै गरेपछि रेनुको मनमा रहेको दु:खद् स्मृति मुखरित हुन पुगेको थियो ।
विगत केही महिनायताका सार्वजानिक भाषणमा ओलीले कैयनपटक पर्सनल लेभलमै गएर रेनुको आलोचना गरे ।
'प्रचण्डले आफ्नी छोरी बोकेर हिँडेको, अरू कसैका छोरी जिताउन एमाले नलाग्ने, कांग्रेसले माओवादीको छोरी काँधमा बोकेर हिँडेको छ,' यस्तै शब्दहरू दिनहुँजसो ओलीको मुखबाट निस्किरह्यो ।
भरतपुरको मेयरमा जसरी पनि रेनु दाहाललाई हराउने ओलीको मिसन थियो । त्यसैले उनको तालमेल राप्रपासँग भएको थियो। वाक्कदिक्क भएर एकदिन प्रचण्डले 'आफ्ना छोराछोरी हुनु, नातिनातिना हुनु' कुनै कमजोरी नभएको भन्दै सार्वजनिक कार्यक्रमबाटै जवाफ फर्काएका थिए ।
तर पनि ओलीले सन्तानकेन्द्रित गालीगलौजलाई निरन्तरता दिइरहे । ओलीको गालीगलौज सुन्दा उनी यो देशको प्रधानमन्त्री बन्न कसरी सके भन्ने लाग्थ्यो । कुनै एक उम्मेदवारको पछाडि देशको प्रधानमन्त्री भैसकेको मान्छे यो हदसम्मको गालीगलौजमा उत्रिनुपर्थ्यो र ? तर राजनीतिक भाषा कम र इगोको भाषा धेरै बोल्ने ओलीलाई प्रचण्ड र उनको सन्तानहरूसँग निकै ठूलो रिस रहेछ ।
चुनावी अभियानका दौरान उनले सबैभन्दा धेरै शब्दवाण प्रचण्डलाई हाने । प्रचण्ड सँगसँगै रेनु दाहाललाई पनि शब्दवाण हाने । उनलाई थाहा थियो, भरतपुरमा रेनुलाई चुनाव हराउनु भनेको प्रचण्डलाई हराउनु हो ।
बाउसँगको राजनीतिक बदला उनी छोरीसँग लिन चाहन्थे । छोरीको हारमा उनले बाउको पनि हार देखेका थिए। र, त्यो हारमा आफ्नो जीत देखेका थिए । पूर्व प्रधानमन्त्रीको मर्यादाभन्दा बाहिरका उनका संकीर्ण गालीगलौज परिवारका सदस्यहरूसँग बसेर सुन्नलायक थिएनन् ।
केपी ओलीको सिको गरेर रेनु दाहाललाई राजनीतिक हिंसा गर्नेहरू हजारौं थिए । ओलीका फ्यानहरूले पनि त्यो निरन्तरता दिए । माओवादी आन्दोलन विरोधीहरूले त आगोमा घिउ थप्ने नै भए। केपी ओली प्रचण्ड र रेनु दाहालसँग एक प्रकारको आगो नै ओकलिरहेका थिए र अरूहरू घिउ । भरतपुरलाई कुरुक्षेत्र बनाइएको थियो । कुरुक्षेत्रमा प्रचण्ड र केपी ओलीको लडाईं चलिरहेको थियो। कोपभाजनमा थिइन्, रेनु दाहाल।
विचरी रेनु दाहाल आफैं केपी ओलीसँग निहुँ खोज्न हिँडेकी त हैनन्। केपी ओलीले आफ्नो समकक्षी नेताकी छोरीसँग जोरी खोज्ने कुरा वरीयताले पनि मिल्थेन । सबैभन्दा धेरै पूर्वीय दर्शनको गुणगान गाउने ओलीले कसैको सन्तानमाथि त्यति धेरै घृणा किन ओकल्नुपर्थ्यो र ?
जे होस्, कुरुक्षेत्रमा आगोसँग खेलेर रेनु दाहालले भरतपुरको मेयरमा शानदार जीत हात पारेकी छिन् । अहिलेको स्थानीय निर्वाचनमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चर्चाको विषय रहेको भरतपुरमा रेनु दाहाललाई हराउन ओलीले भएभरको शक्ति प्रयोग गरेका थिए, तर पनि जनताको अभिमतका उपर उनको जोर चलेन । सम्भवत: बालकोटको खोपीमा बसेर रेनु दाहाल विजयी भएको खबर पढ्दा ओलीलाई बसिखानु भएकै छैन ।
उमेरको हिसाबमा पनि देशको सिनियर नेता भएर कसैका सन्तानमाथि विषवमन गर्ने संसारमा विरलै छन्। तर बाउ नेता भएपछि छोराछोरी पनि नेता भएर निस्किने उदाहरण संसारमा प्रसस्तै पाइन्छ ।
केपी ओलीको गाली सहेर अगाडि बढेकी रेनुको यात्रा विजयी जुलुसमा परिणत भएको छ । उनको लोकप्रियताको मापन भरतपुरका जनताले गरेका होलान्, र त त्यति धेरै लोकप्रिय मत पाइन् ।
रेनु दाहालले कठोर घेराबन्दी सहेर पनि भरतपुरवासी जनताको मन र मत दुवै जितेकी रहेछिन् भन्ने सत्यता गालीशिरोमणि ओलीले स्वीकार्नुपर्दछ । अन्यथा अहंकारले अझै तल पुर्याउने निश्चित छ ।
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
‘देशको आर्थिक अवस्था सुधारका लागि कृपया चिया कम पिउनुस्’– एहसन इकवाल, केन्द्रीय योजना एवं विकास मन्त्री पाकिस्तान, १६ जुन २०२२ । आधा कप चियाको तस्विर सहित ‘यो आधा कप चिया तपाईंका ...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...