२३ जेठ २०८३, शनिबार

पाँच जना सचिवको सरुवा, को कहाँ पुगे ?

पाँच जना सचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले पाँचजना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले पाँच सचिवको सरुवा गर्ने निर्णय गरेको हो । 

जसअनुसार रवीन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ । सुरेश आचार्यलाई खानेपानी मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । 

सचिव मणिराज गेलाललाई प्रधानमन्त्री कार्यालयबाट खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । सुशील तिवारीलाई सतर्कता केन्द्रबाट उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

गोपाल सिग्देललाई नेपाल ट्रष्टबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।

चैत अन्तिम सातादेखि लागेको निर्वाचन आचारसंहिता हिजोदेखि अन्त्य भएपछि सरकारले सचिवको सरुवा गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्