२१ जेठ २०८३, बिहीबार

सगरमाथामा फहराइयो जाम्बियाको झण्डा

सगरमाथामा फहराइयो जाम्बियाको झण्डा

विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी देश जाम्बियाको झण्डा फहराइएको छ । 

नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो । 

जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूत देशबन्धु बस्नेतले नेपाली पर्वतारोही फुर्वा ओङगेल शेर्पाले सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फहराएको जानकारी दिए । उनका अनुसार १५ मेको बिहान ४ बजेर ५८ मिनेटमा विश्वको सगरमाथामा पर्वतारोही शेर्पाले जाम्बियाको झण्डा फहराएका थिए । 

दुई देशबीचको द्विपक्षीय व्यापार र द्विपक्षीय सम्बन्ध सुदृढीकरण गर्न ध्यान आकर्षित गर्ने उद्देश्यअनुरुप सगरमाथामा जाम्बियाको झण्डा फहराइएको समेत उनले जानकारी दिए । 

‘नेपाल र जाम्बियाबीच १० सेप्टेम्बर १९८६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो,’ उनले भने, ‘लामो समयदेखि दुई देशबीच कूटनीतिक सम्बन्ध भए पनि त्यस विषयमा लाभ लिन सकिएको छैन, अबका दिनमा दुई देशबीच पारस्पारिक सम्बन्धका साथै व्यापारिक सम्बन्धसमेत विस्तार गर्दै लैजानु जरुरी छ ।’

salt training

कमेन्ट गर्नुहोस्