×

X
Nic Asia
Khukuri

सन्दर्भ : स्थानीय चुनाव

माओवादीसँग तालमेल हुँदैन, संसदीय चुनाव पनि एक्लै लड्छौं– प्रदीप ज्ञवाली [अन्तर्वार्ता]

'एमालेले स्थानीय चुनावमा पालिका प्रमुख कम जितेको हो, हारेको होइन’

काठमाडाैं | जेठ ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

स्थानीय तहमा फेरि पनि पहिलो राजनीतिक शक्ति बन्ने उद्घोषका साथ चुनावमा होमिएको एमाले करीब एकतिहाइ शक्ति गुमाएर दोस्रो दलमा सीमित भयो ।

LAxmi BAnk
nabil BANK inside

अध्यक्षको लोकप्रियता र पार्टी प्रवेशको लहरको आधारमा जीत निकाल्ने एमाले नेतृत्वको सपना अधुरो रह्यो । त्यसबाहेक, एमालेभित्रका आन्तरिक कारणले पनि चुनावी नतिजा प्रभावित गर्‍यो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

स्थानीय तह निर्वाचनको नतिजापछिको एमालेको मनोविज्ञान, चुनावी अभियान र नतिजाको समीक्षा तथा आसन्न प्रतिनिधि सभामा वाम गठबन्धनको सम्भावनाबारे लोकान्तरले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग कुराकानी गरेका छौं ।

एमालेको पार्टी कार्यालयमा गरिएको अन्तर्वार्तामा खुलेर प्रस्तुत भएका ज्ञवालीले स्थानीय तहको चुनावमा एमालेले संख्यात्मक हार बेहोरे पनि राजनीतिक रूपमा जितेको दाबी गर्छन् । मुख्यगरी, एमालेविरुद्ध भएको राज्यसत्ताको दुरूपयोगले एमाले पराजित भएको उनको निष्कर्ष छ ।


Advertisment
Saurya island

आसन्न प्रतिनिधि सभा निर्वाचनमा वामपन्थी तालमेल हुने सम्भावना नरहेको बताएका ज्ञवालीले नेपालको राजनीतिक दुई ध्रुवमा बाँडिएको र माओवादी केन्द्रको अस्तित्व संकटमा रहेको दाबी गरेका छन् । 

प्रस्तुत छ, एमाले उपमहासचिव प्रदीप ज्ञवालीसँग लोकान्तरका लागि सुशील पन्तउद्धव थापाले गरेको अन्तर्वार्ता :

Vianet communication
IME BANK INNEWS

स्थानीय तहको चुनावमा संख्याको हिसाबले एमालेले चुनाव हार्‍यो, राजनीतिक रूपमाचाहिँ हारियो कि जितियो ?

राजनीतिक रूपमा एमालेले चुनाव जित्यो भन्ने मेरो विश्लेषण छ । राजनीतिमा सबैभन्दा मूख्य कुरा आफ्ना मुद्दाहरू स्थापित गर्ने, आफ्नो पहिचान कायम गर्ने र राजनीतिलाई प्रस्ट वैचारिक राजनीतिक धारमा अघि बढाउने सर्वोपरी विषय हो । 

चुनाव लडेपछि जित्नु पनि महत्त्वपूर्ण हो । तर, त्यो जीत केको मूल्यमा भन्ने हुन्छ । सत्ता गठबन्धनसँग आफ्ना मुद्दाहरूलाई जबर्जस्त स्थापित गर्दै चुनाव लड्यौं । संख्यामा विगतमा भन्दा कम भएको सत्य हो । तर, गठबन्धन भर्सेस एमाले गरेर जसरी स्पष्ट ढंगले ध्रुवीकरण गर्न सफल भयौं त्यस हिसाबले राजनीतिक रूपमा एमाले विजयी भएको छ । गणितीय हिसाबले अपेक्षा गरेअनुरूपको परिणाम आएन । 

चुनावमा जाँदा गरेको आकलन कति थियो ? कति फरक पर्‍यो ?

आन्तरिक आकलनभन्दा केही कम मात्रै जित्न सकियो । त्यसका कारणहरू हामी खोज्दैछौं । चैत ८ गते बसेको केन्द्रीय कमिटी बैठकमा हामीले प्रदेशबाट शक्ति सन्तुलनको रिपोर्ट लिएका थियौं । त्यसमा तीन ढंगले रिपोर्टिङ आएको थियो । एमालेविरुद्ध सबै शक्ति एक ठाउँ हुँदा, दलहरू एक्लाएक्लै स्वस्थ प्रतिस्पर्धा गर्दा र एमालेले स्थानीयरूपमा तालमेल गर्दा आउनसक्ने परिणामबारे रिपोर्टिङ आएको थियो ।

त्यो रिपोर्टिङको आधारमा सबैभन्दा कमजोर हुँदा ३३ देखि ३४ प्रतिशत, स्वस्थ प्रतिस्पर्धा हुँदा ४४ प्रतिशत र स्थानीय तहमा कतिपय ठाउँमा तालमेल समेत गर्न सक्दा ५० प्रतिशत ठाउँमा जीत निकाल्न सकिन्छ भन्ने आकलन थियो । अहिले एकदमै खराबस्थितिको आकलनभन्दा थोरै कमजोर नजिता आएको छ ।

सत्तारूढ गठबन्धनभन्दा बलियो रहेको सन्देश लिएर एमाले चुनावमा सहभागी भएको थियो । त्यो मनोविज्ञान चुनावले फेल गराइदियो । एमालेको कमजोर नतिजा आउनुका कारणहरू के–के रहेछन् ?

सत्तारूढ गठबन्धनको सशक्त विकल्प एमाले हो भन्ने कुरा आज पनि स्थापित छ । कांग्रेस एमालेभन्दा झण्डै १२० सिटले अगाडि भयो । अहिले पनि कांग्रेससँग आसन्न प्रतिनिधि सभाको चुनाव एक्लै लड्छु भन्ने आँट छैन् । एमाले गठबन्धनको विकल्पकोरूपमा स्थापित हुन सकेन भन्ने तर्क स्वतः खण्डित हुन्छ ।

चुनावमा कम संख्या जित्नुमा आन्तरिक कारणहरू के रहे भन्नेमा हामीले वडा तहबाट त्यहाँको स्थितिको यथार्थ समीक्षा पठाउन आग्रह गरेका छौं । अन्तिम निष्कर्ष निकाल्न केही समय लाग्ला तर, मोटोरूपमा समीक्षा गर्दा ४/५ वटा कारणहरू मुख्य रहे । 

हिजो पनि नेकपा एमाले देशको मुख्य राजनीतिक शक्ति हो । यो निर्वाचनले कहीँकतै खण्डित गरेको छैन । प्राविधिक हिसाबले कांग्रेस १२० सिटले अगाडि छ भन्ने तर्क गर्न सकिन्छ । कांग्रेसले आफ्नै पौरखले त्यो संख्या आर्जन गरेको भए सहजतापूर्वक स्वीकार गर्थ्यौं । त्यो गठबन्धनको मत हो । आज पनि एमाले पहिलो राजनीतिक शक्ति हो ।

गठबन्धन हामीले सोचेभन्दा बढी कसिलो देखियो । पुस्तैनी कांग्रेस समेत हँसिया हथौडा चुनाव चिह्न लिएर लड्न तयार हुने र युद्धमा झण्डै ज्यान गुमाएका र अहिले नाफाको जिन्दगी बाँचिरहेका माओवादी कामरेडहरू रूख चुनाव चिह्न लिएर लड्ने परिस्थिति बन्यो । जीतका निम्ति हरेक खालका नैतिकताका बन्धनहरू तोड्ने ठाउँमा उहाँहरू पुग्नुभयो ।

गठबन्धन भए पनि तल्लो तहसम्म जनस्तरमा त्यति प्रभाव पर्दैन भन्ने हाम्रो आकलन गलत ठहरियो । दीर्घकालीन हिसाबले यो राम्रै हो । माओवादीको कांग्रेसीकरण जुन ढंगले भएको छ अब माओवादीले आफूलाई वामपन्थी भनेर कांग्रेसको विकल्पको रूपमा खडा गर्ने नैतिकदेखि धेरै धरातल गुमाएको अवस्था छ । 

गठबन्धनले कम्तिमा ७०/८० ठाउँमा राज्य सत्ताको दुरूपयोग गर्‍यो त्यसले परिणामलाई तलमाथि पारेको छ । हाम्रा उम्मेदवार र प्रचारकहरू आक्रमणको केन्द्रमा परे, पैसाको खोलो बगाइयो ।

केही ठाउँहरूमा हाम्रा उम्मेदवार चयनमा त्रुटि देखिन्छ । ती ठाउँमा जनताको मानोविज्ञान र हाम्रो बुझाइमा ग्याप देखियो । 

केहीकेही ठाउँमा पार्टीभित्रको अन्तरविरोध घात, अन्तार्घातमा रूपान्तरित भयो । काठमाडौं धनगढी, धरानजस्ता ठाउँमा स्वतन्त्र उम्मेदवारहरू विजयी भए । मतदाताको बदलिँदो मनोविज्ञानलाई पनि केलाउनुपर्ने देखिन्छ । 

एमालेको नेतृत्वले आफूलाई बढी केन्द्रमा राखेर आकलन गरेको र सुझबुझपूर्ण निर्णय गर्न नसकेको कारणले पनि एमाले चुनावमा हार्‍यो भन्ने कतिपयले विश्लेषण गर्छन् । यसमा तपाईं के भन्नुहुन्छ ?

त्यो नै भएको भए त हामी यो ठाउँमा पनि आउँदैनथ्यौं । हाम्रो नेतृत्व आमरूपमा सही छ । नेतृत्वले गरेको विश्लेषण आमरूपमा सही छ । दुनियाँमा बिरलै हुने प्रतिपक्षविरुद्ध सत्ताको गठबन्धन र सत्ताको यो तहको दुरूपयोगसँग हामीले लडेका हौं । अहिलेको परिणामलाई त्यो तथ्यसँगै राखेर हेरियो भने मात्रै निष्कर्षमा पुग्न सकिन्छ ।

यति हुँदाहुँदै पनि कतिपय ठाउँमा जो उम्मेदवार लोकप्रिय हुनुहुन्छ भन्ने विश्लेषण रह्यो त्यो लोकप्रियता परिणाममा देखिएन । जो उम्मेदवार अगाडि सार्दा सर्वस्वीकार्य वा अत्याधिक स्वीकार्य हुन्छ भन्ने हाम्रो बुझाइ रह्यो, त्यो देखिएन । उम्मेदवार चयनमा पनि केही ठाउँमा ध्यान पुगेन भन्ने देखिन्छ । यो आंशिक विषय मात्रै हो ।

सीमित ठाउँका कारणहरू पनि हामी पहिल्याउँछौं । सत्ता गठबन्धन जसले प्रतिपक्षलाई निमिट्यान्न पार्नेगरी सम्पूर्ण साधन र स्रोत परिचालन गर्‍यो मूल कारण त्यही नै हो । 

करीब एकतिहाइ स्थानीय तह निर्वाचनबाट गुमाएको कारण आसन्न निर्वाचनमा संसदीय चुनाव जिते पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ कार्यक्रम कार्यान्वयनमा चाहिँ कठिन हुने भयो हैन ?

कतिपय ठाउँमा हामीले अध्यक्ष वा नगरप्रमुख जितेका छैनौं तर, त्यहाँ हाम्रो बहुमत छ । नेतृत्व जितेको, कार्यपालिकामा बहुत हुने ठाउँहरू हेर्दा हामीले एक तिहाइ गुमाएको होइन । अघिल्लो निर्वाचनमा एमाले १४ हजार ९९ जनप्रतिनिधि निर्वाचित भएका थिए । अहिले हामी करीब १२ हजारको हाराहारीमा छौं । प्रमुखमा भने हामीले करीब ९० सिट गुमाएको अवस्था छ ।

नेतृत्व नगुमाएको ९० ठाउँमध्ये उल्लेख्य ठाउँमा कार्यपालिकामा बहुमतमा छौं । एमालेको प्रभावशाली उपस्थिति नभएका निकै कम पालिकामा मात्रै छन् । पालिका प्रमुख जितेका दलहरूले पनि एमालेसँग सहकार्य नगरी अगाडि बढ्न सक्ने अवस्था छैन । संख्या कम हुँदा पनि स्थानीय तहमा सेवा प्रवाह र समृद्धिको अभियानलाई अगाडि बढाउन एमालेसँग आवश्यक सामर्थ्य छ ।

पार्टी अध्यक्षको लोकप्रियताले नै चुनाव जितिन्छ भन्ने मनोविज्ञान लिएर चुनावमा जानुभएको थियो । चुनावअघि करीब ३ लाख व्यक्तिलाई पार्टी प्रवेश गराएको भनिएको थियो । नतिजामा त यसको प्रभाव देखिएन नि हैन ?

मधेश प्रदेशमा सबैभन्दा धेरै पार्टी प्रवेश भएको हो । मधेश प्रदेशमा हाम्रो नतिजा तुलनात्मक रूपमा सन्तोषजनक छ । मधेशमा अघिल्लो पटक मुस्किलले १८ वटा पालिका मात्रै जित्न सफल भएका थियौं, अहिले त्यसमा बढाएका छौं । धेरै प्रतिकूल अवस्थाका बीचमा पनि त्यहाँको शक्ति सन्तुलन बदलिएको छ । मधेशमा जबर्जस्त शक्तिको रूपमा एमाले उदाएको छ । यति हुँदाहुँदै पनि पार्टी प्रवेश गरेका साथीहरूले त्यहाँको चुनावी नतिजालाई कति प्रभाव पार्न सक्नुभयो त्यसको पालिकागत रूपमा छुट्टछुट्टै विश्लेषण हुन आवश्यक छ । कतिपय अवस्थामा उहाँहरू पार्टी प्रवेश त गर्नुभयो तर, ठीक ढंगले जिम्मेवारी दिन पनि सकेनौं ।

प्रवेश गर्ने अभियानचाहिँ तीव्र बन्यो तर, उहाँहरूलाई संगठित गर्ने, उहाँहरूको प्रभावलाई निर्वाचनमा परिचालित गर्ने र मतमा रूपान्तरित गर्ने कुराका निम्ति अलिक व्यवस्थापनमा पनि समस्या हो कि भन्ने लागेको छ ।

देशैभरी ७३० वटा पालिकामा हामीले एकलरूपमा उम्मेदवार तय गरेका थियौं । २३ वटा पालिकालाई तालमेलका लागि छाडेका थियौं । स्थानीय तहमा एमालेका उम्मेदवारले पाएको मत क्याल्कुलेट गरिरहेका छौं । यसअघिको चुनावमा पाएको मत, अहिले पाएको मत र  गठबन्धनले पाएको मतको तुलनात्मक अध्ययन गरिरहेका छौं । पार्टी प्रवेश अभियानले हाम्रो समग्र जनमत बढेको देखिन्छ ।

यसपटक अघिल्लो चुनावमा जितेको महानगरभन्दा दुईवटा बढीमा एमालेले जित्ने विश्लेषण नेताहरूको थियो । अन्ततः कुनै पनि महानगर एमालेले जित्न सकेन । कुन कुन महानगरमा कस्ता–कस्ता समस्या भए ?  

काठमाडौंमा हामी र अरू पक्षले पनि ध्यान दिन नसकेको कुराचाहिँ यहाँको जनमत राजनीतिक दलसँग थोरै टाढा भएको रहेछ भनेर जनमतको बदलिँदो मनोविज्ञानलाई कसैले पनि गहिरिएर हेरेका रहेनछौं । काठमाडौंका मतदाता दलहरूभन्दा बाहिर छन् भन्नेचाहिँ होइन् ।

नगरप्रुमखमा स्वतन्त्र उम्मेदवारको पक्षमा जुन ढंगले मत गयो त्यसको आकलन हुन नसकेको यथार्थ हो । 

हामीले अघि सारेको उम्मेदवार नगरप्रमुखको रूपमा सक्षम र काम गर्न सक्ने मान्छे नै हो । उहाँले जितिसकेपछिको २५ वर्षको ग्यापमा उहाँ आफैँले पनि आजको आवश्यकता म पूर्ति गर्न सक्छु भन्ने अपिल गर्न सक्नुभएन, वा हामीले त्यो ढंगले स्थापित गर्न सकेनौँ होला भन्ने लाग्छ । काठमाडौंको उल्लेख्य मतदाताको संख्या मूलधारका राजनीतिक दलहरूभन्दा बाहिर विकल्प खोज्ने मनोविज्ञान छ भन्ने बुझाइमा कमजोरी रह्यो । 

ललितपुरमा संगठन कमजोर भएकै कारण हार बेहोरेको हो भन्ने लाग्छ । 

पोखराचाहिँ आन्तरिक कारणले हारेका हौं । पार्टी पंक्तिमा विभाजित मनोविज्ञान रह्यो । त्यसमा नेताहरू कति जोडिनुभएको छ वा छैन थाहा भएन, तर तल्लो तहका कार्यकर्ताहरू यो पक्ष र त्यो पक्ष भनेर विभाजित हुने अवस्था बन्यो । त्यहाँ घात, अन्तर्घातका कुरा उठेका छन् । हामीले मसिनोगरी हेर्दैछौं ।

वीरगञ्जमा हामीले अपेक्षा गरेको हो, पूर्ण विश्वास होइन । बहालवाला नगरप्रमुख नै उम्मेदवार भएपछि उहाँको लोकप्रियता र संगठनको मत पनि हुँदा सफलता प्राप्त गर्न सक्छौं भन्ने आकलन थियो ।

विराटनगरमा उल्लेख्य मत बढाएका छौं । वडाहरूमा काफी सुधार पनि गरेका छौं । तर, तुलनात्मक रूपमा पनि जित्नेगरी शक्ति सन्तुलन हाम्रो पक्षमा बदलिएको अवस्था होइन ।

भरतपुरमा देखिएको गम्भीर विषय एमालेको एउटा हिस्साले पनि हँसिया हथौडामा भोट हाल्यो ।

गठबन्धनको पक्षमा मत स्वीङ हुनुका पछाडि कति स्रोत साधनले भोट हाल्यो, हाम्रो मतलाई किन जोगाउन सकेनौं भन्ने कुरा आन्तरिक समीक्षाको विषय छ । 

भरतपुरको सन्दर्भमा यस्तो मनोविज्ञान सिर्जना गरियो कि रेनु दाहालले नजित्ने हो भने देश नै दुर्घटनामा जान्छ भनेर गरिएको इमोसनल ब्ल्याकमेलिङले पनि प्रभाव पारेको होला ।

कुनै हालतमा हँसिया हथौडामा भोट हाल्दैनौं भन्ने कांग्रेसका नेता कार्यकर्ताहरू पनि रातारात भोट हाल्ने पक्षमा गए । त्यसमा कति दबाब, प्रभाव र स्रोत साधनले काम गरेको छ भन्ने आकलन गर्न सकिन्छ । मौन अवधिमा समेत प्रचण्डसहित मन्त्रीहरूको लावालस्कर त्यहाँ गएर अत्यन्त टेररको अवस्था सिर्जना गरियो । त्यही कारणले हामीले भरतपुर हारेका हौं जस्तो लाग्छ ।  

आन्तरिक मूल्यांकनमा काठमाडौं र पोखरा जित्छौं, सम्भावना वीरगञ्ज पनि रहन सक्छ र यसपटक चितवनमा बढी सम्भावना छ भन्ने आकलन थियो ।

स्थानीय तह चुनावको नतिजा बिग्रनुमा पार्टी विभाजनको असर कति रह्यो ? विभाजित पार्टीको एउटा उद्देश्य एमालेलाई हराउने भन्ने थियो । उनीहरू त्यसमा एक हदसम्म सफल नै भएका होइनन् र ? पार्टी विभाजन नभएको भए एमालेले राम्रो नतिजा ल्याउन सक्थ्यो होइन ? 

मलाई त्यस्तो पनि लाग्दैन । पार्टी विभाजन भइरहँदा हामीले जितेका १४ हजार ९९ जनप्रतिनिधिमध्ये करीब १४ सयले विभाजन रोज्नुभएको थियो । आज उहाँहरूले जितेको संख्या ९ सयको हाराहारी छ ।

हिजो विभाजन रोजेको जति शक्ति पनि जोगिएन । विभाजित भएको मत नेकपा एमालेलाई पराजित गर्न निर्णायक बन्यो भन्ने म ठान्दिनँ । त्यसको क्षतिपूर्ति विभिन्न ढंगले गरि नै रहेका छौं । केही ठाउँमा मनोवैज्ञानिक प्रभाव पर्‍यो होला । तर, समग्र परिणाममा पार्टी विभाजन निर्णायक छैन । 

स्थानीय तह चुनावले एमालेले पाएको सन्देश के हो ?

हिजो पनि नेकपा एमाले देशको मुख्य राजनीतिक शक्ति हो । यो निर्वाचनले कहीँकतै खण्डित गरेको छैन । प्राविधिक हिसाबले कांग्रेस १२० सिटले अगाडि छ भन्ने तर्क गर्न सकिन्छ । कांग्रेसले आफ्नै पौरखले त्यो संख्या आर्जन गरेको भए सहजतापूर्वक स्वीकार गर्थ्यौं । त्यो गठबन्धनको मत हो । आज पनि एमाले पहिलो राजनीतिक शक्ति हो ।

यो निर्वाचनमा हाम्रा केही व्यवस्थापकीय कमजोरीहरू देखिएका छन् । केहीचाहिँ आकलन र पूर्वानुमानहरूमा समस्या देखिएका छन् । 

तेस्रो, ढिलोचाँडो मुलुक दुईध्रुवीय बाटोमा अगाडि बढ्दैछ । त्यो भोलि दुई दलीय नै हुनेछ । देशको राजनीतिक स्वास्थ्यका लागि त्यो अनुकूल नै हुनेछ । सम्भवतः आसन्न चुनावमा नै त्यो स्थिति भइनसक्ला ।

एउटा राजनीतिक शक्ति जो सधैँ परजीवि भएर कहिले कसैको, कहिले कसैको शरीरमा टाँसिएर राजनीतिलाई विकृत बनाउन लागिरहने शक्ति यही निर्वाचनमा त पाखा नलाग्ला तर ढिलोचाँडो मुलुकचाहिँ दुईदलीय प्रणालीमा अघि बढ्दै छ । यो मुलुकको आवश्यकता पनि हो । सारा नैतिक मूल्य मान्यतालाई एकातिर पन्छाएर जसरी पनि चुनाव जित्ने, जसरी पनि चुनाव जित्ने, जसरी पनि सत्तामा पुग्ने प्रवृत्ति कमजोर बन्दै गएको छ । 

आगामी दिनमा पनि एमाले मूलतः आफ्नै खुट्टामा उभिएर चुनाव लड्छ । अहिले कतिपय ठाउँमा देखिएका ठूला विजय जुलुस, उन्माद यथार्थको धरातलमा ओर्लिन समय लाग्दैन । 

एमालेले चुनाव जितिरहेको ठाउँमा हामीलाई त्यो विजय कायम राख्न असहज भयो । जहाँ पराजित भइएको थियो त्यहाँ जित्न सजिलो भयो । यसको तात्पर्य, हाम्रा जनप्रतिनिधिहरू डेलिभरीमा चुक्नुभयो कि, त्यो असन्तुष्टि पनि कही न कहीँ पोखियो कि भन्ने पनि छलफल गरेका छौं । डेलिभरीको पाटोमा आगामी दिनमा अझ बढी ध्यान दिन्छौं ।

तपाईंकै भाषामा परजीवि शक्ति आगामी चुनावमा फेरि पनि निर्णायक शक्ति बन्ने देखिन्छ । स्थानीय तहको चुनावको नतिजा आइसकेपछि विस्तारै वामपन्थी तालमेलको बतास चल्न थालेको छ । आसन्न प्रतिनिधि सभाको चुनावमा यो सम्भावना कत्तिको देखिन्छ ?

मैलै त्यस्तो सम्भावना एकदमै कम देख्छु । नेकपा एमालेलाई त्यो रुचि पनि छैन । हामीले वामपन्थलाई ब्यानरमा, नारामा र शब्दमा बुझेका होइनौं । वामपन्थ एउटा विचार हो र आचार पनि हो । आचार र विचारविनाको, नैतिकता र आदर्शविनाको वामपन्थ वास्तवमा दक्षिणपन्थभन्दा पनि खतरनाक हुन्छ ।

२००६ सालमा पुष्पलालले कम्युनिस्ट पार्टी बनाइरहँदा उहाँले के कारणले कम्युनिस्ट पार्टी स्थापनाको आवश्यकता देख्नुभयो ? हिजो नेपाली राष्ट्रिय कंग्रेसबाट विद्रोह गरेर देशमा अलग्गै एउटा कम्युनिस्ट पार्टीको जरुरी छ भन्ने कुराको बोध उहाँलाई कुन ऐतिहासिक कारणले भयो र कम्युनिस्ट पार्टी स्थापनाको ऐतिहासिक मिसन के थियो भन्ने सन्दर्भ राखेर अहिलेको घटनाक्रमलाई नियाल्दा आफूलाई वामपन्थी भन्ने कतिपय दलहरू हिजो त्यो आदर्श र ऐतिहासिक सन्दर्भको ठीकविपरीत ठाउँमा हुनुहुन्छ । 

नेपाली कांग्रेसले देशका समस्याको समाधान गर्न सक्दैन भन्ने निष्कर्षका साथ बनाइएको कम्युनिस्ट पार्टीलाई त्यसभित्रका केही व्यक्तिहरूले कांग्रेसरूपी ठूलो मेसिनको एउटा मामुली पूर्जामा रूपान्तरित गरिदिनुभएको छ । कम्युनिस्ट सरकार ढालेर, कम्युनिस्ट आन्दोलन कमजोर पारेर कांग्रेस बलियो भएकोमा उहाँहरू विजयोत्सव मनाइरहनुभएको छ । उहाँहरूमा आफ्नो पार्टी बलियो बनाऊँ भन्ने संकल्प होइन, एमाले कमजोर पार्न सकिएको र कंग्रेस पहिलो शक्तिको रूपमा उदाएकोमा खुशी छ । तसर्थ, वामपन्थ नाम मात्रैमा सीमित रह्यो भन्ने लाग्छ ।

यद्यपि, कहिलेकाहिँ त्यस्ता शक्तिहरूसँग पनि सहकार्य हुनसक्छ । निरपेक्ष ढंगले ढोका बन्द नै भयो भन्ने होइन, तर अहिले पनि हाम्रो बुझाइ स्थानीय चुनावमा जस्तै मूलतः आफ्नो खुट्टामा उभिएर प्रतिनिधि सभाको चुनाव लड्छौं । प्रतिनिधि सभाको चुनावमा वामपन्थी सहकार्य, मोर्चा, गठबन्धनको सम्भावना तत्काल मैले देखेको छैन । 

एमालेले अंगीकार गरेको हरेक मोर्चामा एक्लै लड्ने निर्णयलाई स्थानीय चुनावले असफल पुष्टि गरिदियो भन्ने विश्लेषण पनि राजनीतिक वृत्तमा सुनिन्छ नि ?

मलाई त्यस्तो लाग्दैन । त्यो फेल भएको भए गठबन्धनले दिग्विजय हासिल गर्नुपर्ने हो, किनभने उहाँहरू त एमालेलाई समाप्त नै पार्छौं भन्ने निष्कर्षमा हुनुहुन्थ्यो । अहिले गठबन्धनको हिसाबले झण्डै दुईतिहाइ सिट जितेर पनि प्रदेश सभा, प्रतिनिधि सभाको चुनाव एक्लै लड्न सक्दैनौं भन्ने उहाँहरूको निष्कर्षले आज पनि एमाले मुलुकको मुख्य शक्ति हो, एमालेसँग उहाँहरू एक्लै प्रतिस्पर्धा गन सक्नुहुन्न भन्ने पुष्टि हुन्छ । त्यसले, गर्दा यो बाटो गलत भयो भन्ने ठान्दैनौ । 

एमालेलाई टर्च बालेर खोज्नुपर्ने बनाउने उद्घोषका साथ साथीहरू पार्टी विभाजनमा लागे तर उनीहरूलाई जनताले अस्वीकृत गरे । उनीहरूले पोखरा र हेटौंडा देखाउन त सक्छन्, तर अर्काको धुरीमा चढेर म अग्लो भएँ भनेर छिमेकीलाई सराप्नु हास्यास्पद मात्रै हुन्छ ।

अर्कोतर्फ, निरपेक्ष ढंगले ढोका बन्द गरेको पनि होइन । स्थानीय तहमा कतिपय ठाउँमा तालमेल पनि भयो । केही ठाउँमा कांग्रेससँग, माओवादीसँग पनि सहकार्य गरेका छौं । त्यो स्थानीय तहमा स्थानीय आवश्यकता आधारमा भएका हुन् । तर, मुद्दाको हिसाबले र अगाडि बढ्ने बाटोको हिसाबले नेकपा एमालेले के ठान्छ भने नेपालको राजनीतिमा दुईवटा ध्रुव छन्, जसमा एउटा दक्षिणपन्थले नेतृत्व गरेको ध्रुव छ । त्यो भनेको कांग्रेस नेतृत्वको गठबन्धन हो । अर्को वामपन्थी शक्तिहरू छन्, जसको नेतृत्व एमालेले गरेको छ । कम्युनिस्ट आन्दोलनलाई कसैको वैशाखीको आवश्यकता पर्दैन । यो देशको नेतृत्वदायी शक्ति हो । तर, नेतृत्वमा पुग्न नदिनका लागि विभिन्न घटनाक्रमहरू भएका छन् । हामीले हिँडेको बाटो मूलतः सही छ भन्ने निष्कर्षमा छौं । 

१४ जना सांसदलाई कारवाही गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग लिएर तपाईंहरूले नौ महिना संसद् अवरोध गर्नुभयो । स्थानीय तह चुनावको नतिजा नआइसक्दा नै सरक्क संसद्को अवरोध छाड्नुभयो । स्थानीय चुनावले तपाईंहरूको माग पूरा गरिदिएको हो ?

माग पूरा भएको छैन । माग पूरा भयो भनेर सदनमा हाम्रो विरोधको स्वरूप बदलेका होइनौं । सभामुखले गर्नुभएको काम गलत थियो, गलत नै रहिरहने छ । एउटा दल विभाजन गर्नका लागि सरकारले अध्यादेश ल्यायो त्यो दूषित मनसायसहित गरिएको जाली काम हो । यति गम्भीर विषयमा अदालतले सेटिङको आधारमा मुद्दालाई पन्छाउँदै लगेको छ । यसप्रतिको हाम्रो विरोध कायम नै छ । माग पूरा भएर वा हामीले उठाएका मुद्दा गलत रहेछ भन्ने निष्कर्षमा पुगेर संसद् चल्न दिएका होइनौं । विरोधको स्वरूप बदलेको मात्रै हो । 

दोस्रो, मुलुक धेरै गम्भीर परिस्थितिमा छ । सरकारले नीति तथा कार्यक्रम त ल्यायो तर, त्यो नीति तथा कार्यक्रम हेर्दा लाग्छ, देशमा केही चुनौती नै छैन । देश स्वाभाविक प्राकृतिक लयमा चलिरहेको छ भन्ने सन्देश दिने खालको नीति कार्यक्रम आएको छ । सरकारको गैरजिम्मेवारीपन र उदासीनताको प्रमाण पनि हो त्यो । तर, हामी त्यति गैरजिम्मेवार हुन मिल्दैन । मुलुकका आर्थिक सूचकहरू संकटापन्न बन्दै गइरहेको छन् । देश नजानिँदो गरी भूराजनीतिक द्वन्द्वमा फस्न थालेको छ । यस्तो बेलामा हाम्रो विरोधको स्वरूप बदल्नुपर्छ भन्ने निष्कर्ष हो ।

हाम्रो अर्को निष्कर्ष, एमालेलाई टर्च बालेर खोज्नुपर्ने बनाउने उद्घोषका साथ साथीहरू पार्टी विभाजनमा लागे तर उनीहरूलाई जनताले अस्वीकृत गरे । उनीहरूले पोखरा र हेटौंडा देखाउन त सक्छन्, तर अर्काको धुरीमा चढेर म अग्लो भएँ भनेर छिमेकीलाई सराप्नु हास्यास्पद मात्रै हुन्छ । जनताले पनि एक किसिमले फैसला गरेको र मुलुकको राजनीतिक कोर्ष अलिक फरक ढंगले अगाडि बढ्न थालेको हुनाले जिम्मेवारीबोधका साथ विरोधका स्वरूप बदल्ने निर्णय गरेका हौं । 

आसन्न प्रतिनिधि सभाको चुनाव मंसिर, फागुन वा वैशाख कहिले गर्दा उपयुक्त होला ?

यसमा हाम्रो कुनै टिप्पणी छैन । जहिले चुनाव भए पनि फेस गर्छौं । स्थानीय तहको चुनावमा जे आधार स्थापित गरेका छौं त्यो आधारमा कहीँ कमीकमजोरी छन् भने त्यो कमजोरीलाई सच्याउँदै साहसपूर्वक चुनावको सामना गर्छौं । फेरि, सरकारमा फर्किने गरी निर्वाचनमा होमिन्छौं ।

हेर्नुहोस्, भिडियो :

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
कात्तिक २९, २०७९

लोकान्तर डट्कमको चारवटा टीमले पछिल्लो दुई सातामा देशका करीब ६० जिल्लामा पुगेर दर्जनौं चुनावी रिपोर्टिङ गर्‍यो ।  त्यसक्रममा हामीले आगामी चुनावको नतिजा काठमाडौंमा भैरहेका विश्लेषणभन्दा नितान्त फरक र...

मंसिर १, २०७९

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा धनुषा- ३ बाट प्रतिनिधिसभाका लागि चुनाव लडिरहेका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका उनको मुख्य प्रतिस्पर्धा प्रतिपक्षी गठबन्धनअन्तर्गत नेकपा एमालेकी उम्मेदव...

कात्तिक २८, २०७९

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी– २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचनमा होमिएका छन् ।  उनलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश ठाकुर र जनमत पार्टीका डा. ...

मंसिर २, २०७९

लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्त्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व...

कात्तिक २६, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल विगत १५ वर्षदेखि महोत्तरीको क्षेत्र नम्बर–१ बाट निर्वाचित हुँदै आएका छन् । २०६४ सालको पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनि...

मंसिर १, २०७९

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रूपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् । रूपन्देहीको विकासमा उल्लेख्य काम गरेका पौडेल राष्ट्रिय राजनीतिमा पनि समन्वयकारी र सर्वमान्य नेताको रूपमा ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x