०९ साउन २०८३, शनिबार
ओलीको बोली

अमेरिकी उपविदेशमन्त्रीलाई तिब्बती शरणार्थी क्याम्पमा जान दिएकोमा ओलीको आपत्ति

अमेरिकी उपविदेशमन्त्रीलाई तिब्बती शरणार्थी क्याम्पमा जान दिएकोमा ओलीको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उपसहायक विदेशमन्त्री उज्रा जियालाई तिब्बती शरणार्थी क्याम्पमा जान छुट दिएको भन्दै सरकारको कडा आलोचना गरेका छन् । 

बुधवार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले असंलग्न रहने नेपालको स्थापित परराष्ट्रनीतिविपरीत अमेरिकी विदेशमन्त्रीलाई शरणार्थी क्याम्पमा जान दिएकोमा आपत्ति जनाएका हुन् । 

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले तिव्बती शरणार्थीको क्याम्पमा जान दिएर उक्साउने कामको ओलीले विरोध गरेको जानकारी दिए ।   

‘हालै अमेरिकी उपविदेशमन्त्रीको नेपाल भ्रमणमा केही परराष्ट्र नीतिका स्थापित मूल्य छन् त्यसको खण्डित गर्ने काम भयो । नेपालको असंलग्न परराष्ट्र नीतिमा राष्ट्रिय हित, अहस्तक्षेप र कुनै पनि देशको मामिलामा असंलग्न रहने भन्ने छ । जसरी तिब्बती शरणार्थीको क्यापमा जान दिएर जुन प्रकारको उक्साउने काम गरियो । कुनै देशका विरुद्ध नेपाली भूमिलाई प्रयोग गर्न दिनु गलत बेठिक थियो भन्ने कुरा सविस्तार राख्नुभयो ।’ 

अमेरिकी सहायक विदेशमन्त्री जियाले गत साता नेपाल भ्रमण गरेकी थिइन् । त्यसक्रममा उनी ललितपुरको एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्पमा पुगेकी थिइन् । जिया जेठ ६ गते तीनदिने भ्रमणमा  नेपाल आएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्