०४ असार २०८३, बिहीबार

वैदेशिक रोजगारीमा ठगी गर्ने शर्मा पक्राउ

वैदेशिक रोजगारीमा ठगी गर्ने शर्मा पक्राउ

वैदेशिक रोजगारी ठगी कसूरमा सजाय सुनाइएका बागलुङका एक पुरुषलाई प्रहरीले २ वर्षपछि पक्राउ गरेको छ । 

बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ वर्षीय प्रकाश शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो ।

उनलाई वैदेशिक रोजगारी ठगी कसूरमा वैदेशिक रोजगार न्यायाधीकरण इजलाश काठमाडौंले २ वर्ष पहिले सजाय सुनाएको थियो । शर्मालाई १ वर्ष ५ महिना कैद र १ लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो । 

सोही दिनदेखि शर्मा फरार थिए । फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले बुधवार घरबाटै पक्राउ गरी जिल्ला अदालत बागलुङमा बुझाएको जिप्रकाका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्