×

NMB BANK
NIC ASIA

यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० अब नेपाली बजारमा, यस्ता छन् विशेषता

जेठ १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

यामाहाको बहुप्रतिक्षित बाइक एफ जेड एक्स १५० को एमएडब्लू इन्टरप्राइजेजले बुधवारबाट बिक्री बितरण शुरू गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१ सम्म आयोजित “महा एक्सचेञ्ज मेला” को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो ।
 
कम्पनीका अनुसार एप जेड एक्स १५० यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक हो जुन एलसिडी मिटर र ब्लुटूथ कनेक्टिभिटीजस्ता स्मार्ट सुविधाहरू र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ ।
 
‘राइड फ्रि’ अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तयार पारिएको बाइक रहेको कम्पनीले बताएको छ ।
 
“महा एक्सचेञ्ज मेला” मा नेपाली सिनेकर्मी अनमोल केसीले समेत टेस्ट राइड गरी मन पराइएको यस अल न्यू एफ जेड एक्स १५०, फ्युल-इन्जेक्टेड र भारत स्टायाण्डर्ड ०६,  एयर-कूल्ड, १५० सीसी ब्लू कोर इन्जिन र ५-स्पीड गियर बक्सका साथ तयार पारिएको बाइक हो । यसले ७२५० आरपीएममा १२.४ पीएस अधिक्तम पावर तथा ५५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्दछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यामाहाका अन्य मोटरसाइकलहरूभन्दा अलि फरक प्रयोजनका निम्ति तयार पारिएको यस मोटरसाइकलको हरेक ‘डिटेल’ चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ ।  


Advertisment
Nabil box
Kumari


उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू-लेभल सिट’, बलियो ‘ब्लक प्याट्रन टायर’, ‘फ्रण्ट फोर्क बुट’ का साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लुटूथ कनेक्टिभिटीजस्ता बिशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु क्षेत्रीले बताए। 

Vianet communication
Laxmi Bank

साथै, डिआरएलका साथ बाइ फङ्सनल एलईडी हेडलाइट र ओभल सेपको एलईडी रिङ टेललाइटले बाइकको भिज्यूअललाई थप आकर्षण प्रदान गरेको क्षेत्रीले उल्लेख गरेका छन् ।

आइतबारबाट नेपालभरिका यामाहाको शोरुममा उपलब्ध हुने जनाइएको एफ जेड एक्स १५० को मूल्य ४ लाख २६ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, कम्पनीले आफ्नो नयाँ स्किम “रोड टू मोटो जिपी” पनि सार्वजनिक गरेको छ ।

 "रोड टू मोटोजिपी" यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् ।
 यो स्किम आजबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

कात्तिक २८, २०८०

नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्‌को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्‍यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्‍यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x