×

NMB BANK
NIC ASIA

महोत्तरीमा प्राकृतिक सम्पदा संरक्षण नै मुख्य मुद्दा

जेठ १२, २०७९

NTC
Premier Steels

स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षणलाई मुख्य मुद्दा बनाउनुपर्ने जिल्लाका बासिन्दाको माग छ । निर्वाचन परिणामपछि शपथ लिएर पदबहाली गरिरहेका स्थानीय तहका प्रतिनिधिले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास आफ्ना प्राथमिकतामा रहेको बताइरहेका बेला सर्वसाधारणले भने प्राकृतिक सम्पदाको संरक्षण गर्न जोड दिएका छन् । 

Muktinath Bank

बर्दिबास नगरपालिका–१४ ७५ वर्षीय खड्गबहादुर सिंह चुरे पर्वतको संरक्षण प्रमुख मुद्दा बन्नुपर्ने बताउँछन् । “जिल्ला भएर बग्ने अधिकांश नदी, खोल्साखोल्सीको उद्गमस्थल चुरे पहाड र त्यस वरपरका शृङ्खला छन्, चुरे जोगाउनु आवश्यक छ”, उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाको उर्वर वन क्षेत्र, पाखा–पर्वत र नदीनालाका मुहान बर्दिबासमै भएपछि यो नगरपालिका यहाँका बासिन्दा मात्र नभएर सबै जिल्लावासीको चासोको ठाउँ बनेको हो । यहाँबाट बग्ने नदीनालाको व्यवस्थापन ठिक नहुँदा पूरै जिल्ला कटान र डुबानबाट प्रभावित हुने हुँदा सबैतिरको चासोमा बर्दिबास रहेको बर्दिबास–३ गौरीडाँडाकी सरिता ढुङ्गाना बताउँछन् । बर्दिबास क्षेत्रका नदीनाला, पहाडी टाकुरा र नदीउकास क्षेत्रमा अनियन्त्रित दोहन निकै बढेको छ । उत्खनन गर्ने र बालुवाढुङ्गा अवैध निर्यात बढ्दै गएपछि कटान र डुबानको समस्या झेल्नुपरेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

भङ्गाहा–७ मेघरोलका डा विजयकुमार सिंह भन्छन्, “उत्खनन्  नियन्त्रण, सम्पदाको संरक्षण र उपयोगको वैज्ञानिक विधि अवलम्बन नगरे यसको प्रभाव जिल्लाभरि पर्छ ।” यो सब रोक्ने अभिभारा यहाँका नवनिर्वाचित प्रतिनिधिको काँधमा आएको छ । स्पष्ट विधि र मापदण्ड अभावले प्राकृतिक विपद् बढ्दै गएको छ । अनियन्त्रित उत्खननले वन मासिँदै गएको छ । असन्तुलित वर्षा हुने, भू–स्खलन बढ्ने, बाढीले कटान र डुबान बढाउने समस्या बढ्दै गएको छ । 

Vianet communication

चुनावमा अधिकांश उम्मेदवारले प्राकृतिक सम्पदाको संरक्षण र अनियन्त्रित उत्खनन रोक्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले अवैध क्रसर उद्योग हटाउने र अनियन्त्रित दोहन रोक्ने बताएका थिए । 

जिल्लाको पूरै पहाडी क्षेत्र बर्दिबास नगरमा पर्छ । बर्दिबास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रका नदी, नदीउकास जग्गामा अहिले  ५० भन्दा बढी अवैधरूपले सञ्चालन गरिएका क्रसर उद्योग छन् । नवनिर्वाचित जनप्रतिनिधिसामु यस्ता अवैध क्रसर उद्योग हटाउन चुनौतीपूण जिम्मेवारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x