![नागिनको अबको इपिशोडमा 'शेष नागिन'को भयानक रूप देखिने [भिडियो]](https://lktcdn2.prixacdn.net/media/nagin_6_lzlFZXyWCX.jpg)
भारतीय टेलिभिजन शो नागिन निकै चर्चित शोमध्ये एक हो ।
यस शो को अहिले छैटौँ सिजन चलिरहेको छ ।
नागिन ६ मा विशेषगरी नागिनले देशद्रोहीसँग लड्नेछिन् ।
अबको इपिशोड विशेष हुने देखिन्छ ।
आगामी २८ र २९ मेको राति प्रशारण हुने नागिनको नयाँ इपिशोडमा शेष नागिनको भयानक रूप देखिने बताइएको छ ।
यतिन्जेल अमृत कलशका लागि नागिन र शत्रुहरूबीच युद्ध भइरहेपनि अब भने नागिनले देशद्रोहीलाई सजाय दिनेछिन् ।
कलर्स टिभीले सार्वजनिक गरेको प्रोमोमा नागिनको भयानक रूप देखिएको छ ।