०९ साउन २०८३, शनिबार

काठमाडौंको मतपरिणामले दलहरूलाई सचेत गराएको छ : उपसभापति खड्का

काठमाडौंको मतपरिणामले दलहरूलाई सचेत गराएको छ : उपसभापति खड्का
फाइल फोटो

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई सचेत गराएको बताएका छन् ।

बिहीवार पत्रकारसँगको कुराकानीमा काठमाडौं लगायत केही स्थानको मतपरिणामले दलहरूलाई केही संकेत गरेको चर्चा गर्दै उनले भने, ‘स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई जनताले टाढा राख्न खोजेको नभइ केही ठाउँको निर्वाचनको परिणामले भने राजनीतिक दल र दलको जिम्मेवारीमा रहेका नेतालाई भने सचेत गराएको छ ।’

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको  र अब दलहरुले अहिलेको निर्वाचनले गरेको संकेतलाई ध्यान दिन जरुरी रहेको उपसभापति खड्काले उल्लेख गरे ।

राजधानीलगायत केही ठाउँको निर्वाचनको परिणामलाई लिएर दलका नेतृत्वले समीक्षा गरेर आउने दिनमा नयाँ निर्णय गर्दै फरक तरिकाले पार्टी चलाउनुपर्ने देखिएको उनको भनाइ थियो ।

फरक प्रसंगमा उपसभापति खड्काले संसदमा प्रस्तुत नीति तथा कार्यक्रम मुलुकको आवश्यकतालाई धेरै हदसम्म सम्बोधन गर्ने गरी ल्याइएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्